२०८२ फाल्गुण २३ गते शनिवार
काठमाडौँ । रुसको बेल्गोरोद क्षेत्रमा ७४ जना सवार विमान दुर्घटना भएको छ। रुसको आईएल–७६ सैन्य विमान दुर्घटना भएको रुसी रक्षा मन्त्रालयले जनाएको छ। दुर्घटनाको कारण खुलिसकेको छैन।
रुसले सो विमानमा ६५ जना युक्रेनी सैनिक रहेको बताएको छ। रक्षा मन्त्रालयलाई उद्धृत गर्दै रुसी समाचार एजेन्सीहरुले जनाएअनुसार तिनलाई कैदी साटासाट गर्नका लागि लगिँदै थियो।
विमानमा युद्धबन्दीका अलावा ६ जना चालक दलका सदस्य र तीन जना सुरक्षा गार्ड पनि थिए। केही रुसी सांसदहरुले विमान युक्रेनी क्षेप्यास्त्रको निसानामा परेको बताएका छन्।
युक्रेनले भने सैन्य स्रोतलाई उद्धृत गर्दै विमानमा क्षेप्यास्त्र रहेको दाबी गरेको छ। एजेन्सी
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij