Logo

२०८२ भाद्र २७ गते शुक्रवार

२०८२ भाद्र २७ गते शुक्रवार

श्रीलंकामा गोली हानेर पाँचजनाको हत्या

श्रीलंकामा गोली हानेर पाँचजनाको हत्या


  • 2.4K
    Shares

    श्रीलंकामा गोली हानेर पाँचजनाको हत्या
    images

    श्रीलङ्काको दक्षिणी प्रान्त बेलियाटामा सोमबार बिहान भएको गोलीकाण्डमा पाँच जनाको मृत्यु भएको छ। प्रहरी प्रवक्ता निहाल थाल्दुवाले दक्षिणी द्रुतमार्गको बेलियाटा इन्टरचेन्ज नजिकै उक्त घटना भएको बताएका छन्।

    चारजनाको घटनास्थलमै मृत्यु भएको छ। अर्का एकजनाको अस्पताल लैजाँदै गर्दा मृत्यु भएको प्रवक्ताले जनाकारी दिए।

    स्थानीय समय अनुसार बिहान ७:४५ बजे उक्त घटना भएको थियो। गाडीमा यात्रा गरिरहेको अज्ञात समूहले जीपमा रहेको अर्को समूहमाथि गोली चलाएको प्रहरीले जानकारी दिएको छ।

    प्रहरीले गोली प्रहार सङ्गठित आपराधिक समूहले गरेको हुन सक्ने आशंका गरेको छ। श्रीलङ्काले डिसेम्बर १७ देखि लागुऔषध ओसारपसार र सङ्गठित आपराधिक गतिविधिलाई रोक्न अभियान विशेष शुरु गरेको छ।  

    उक्त अभियानमा गत हप्तासम्म ४० हजार भन्दा बढी संदिग्धहरूलाई पक्राउ गरिएको छ।

    प्रकाशित मिति :माघ ८ २०८० सोमवार - १४:५१:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij