Logo

२०८२ भाद्र २७ गते शुक्रवार

२०८२ भाद्र २७ गते शुक्रवार

स्कुलको छात्रावासमा आगलागी हुदाँ १३ विद्यार्थीको मृत्यु

स्कुलको छात्रावासमा आगलागी हुदाँ १३ विद्यार्थीको मृत्यु


  • 6.8K
    Shares

    स्कुलको छात्रावासमा आगलागी हुदाँ १३ विद्यार्थीको मृत्यु
    images

    बेइजिङ । चीनको एक स्कुलमा आगलागी हुदाँ १३ विद्यार्थीको मृत्यु भएको छ । मध्य चीनको एक बोर्डिङ स्कुलको छात्रावासमा आगलागी हुँदा १३ विद्यार्थीको मृत्यु भएको हो ।

    चिनियाँ सञ्चारमाध्यमका अनुसार हेनान प्रान्तको यान्सानपु गाउँको यिङकाई विद्यालयमा आगलागी हुँदा एक विद्यार्थी घाइते भएको छन । घाइते हुनेमा प्राथमिक विद्यालय तेस्रो कक्षाका विद्यार्थी रहेको बताइएको छ । ती सबै नौ र १० वर्षका एउटै कक्षामा अध्ययनरत विद्यार्थी रहेको हेबेई डेलीले जनाएको छ ।

    अधिकारीहरूले सो आगलागीको कारणको अनुसन्धान गरिरहेको र  विद्यालयका प्रमुखलाई हिरासतमा लिइएको छ । चाइना नेशनल रेडियोले विद्यालयको छात्रावासको भवनका केही झ्यालहरू भाँचिएको र प्रहरीले नजिकैको इलाकालाई घेराबन्दी गरेको तस्बिरहरू प्रकाशित गरेको बताएको छ। करिब एक करोड जनसंख्या भएको सहर नान्याङको बाहिरी भागमा रहेको यान्सापु गाउँमा यो घटना भएको हो ।

    प्रकाशित मिति :माघ ६ २०८० शनिवार - २०:५९:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij