२०८२ फाल्गुण २३ गते शनिवार
भारतको गुजरातमा डुंगा डुब्दा १४ जनाको मृत्यु भएको छ।
पिकनिक गएका शिक्षक र विद्यार्थीहरू सवार डुंगा गुजरातको वडोदरास्थित हरनी तालमा दुर्घटनामा परेको हो। मृतकमध्ये १२ जना विद्यार्थी र दुईजना शिक्षक हुन्।
भारतीय सञ्चारमाध्यमका अनुसार करिब दुई दर्जन विद्यार्थी र चारजना शिक्षक पिकनिक गएका थिए। उद्धार गरिएका एकजना विद्यार्थीको उपचार भइरहेको छ।
प्रधानमन्त्री नरेन्द्र मोदीले घटनामा दुःख व्यक्त गर्दै प्रधानमन्त्री राहत कोषबाट मृतकका परिवारलाई दुई लाख रुपैयाँको दरले राहत दिने घोषणा गरेका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij