Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

प्रधानमन्त्री कपमा सुदूरको लगातार तेस्रो जित

प्रधानमन्त्री कपमा सुदूरको लगातार तेस्रो जित


  • 2.1K
    Shares

    • images
    प्रधानमन्त्री कपमा सुदूरको लगातार तेस्रो जित
    images

    भैरहवा । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा लगातार तेस्रे खेल जित्दै सुदूरपश्चिम प्रदेश अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

    त्यसक्रममा सुदूरपश्चिमले आज शेर मल्लको ५ विकेटको सहयोगमा गण्डकी प्रदेशमाथि १०८ रनको फराकिलो जित हात पारेको छ ।

    भैरहवास्थित, सिद्धार्थ क्रिकेट एकेडेमीमा जितका लागि २०२ रनको लक्ष्य पछ्याएको गण्डकी ३०.२ ओभरमा ९३ रनमा अलआउट भयो ।

    गण्डकीका लागि अश्वानी रानाले सर्वाधिक २५ रन बनाए । कमल परियारले २२ रन बनाए भने अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

    सुदूरपश्चिमका लागि शेर मल्लले सर्वाधिक ५ विकेट लिए । ८.२ ओभर बलिङ गरेका उनले १ मेडन राख्दै २३ रन दिएर ५ विकेट लिएका थिए ।

    यस्तै गजेन्द्र बोहराले २ र भोजराज भट्ट, नरेन साउद र मिलन बोहराले समान १/१ विकेट लिए । त्यसअघि पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले ५० ओभरमा अल आउट हुँदै २०१ रन बनाएको थियो । उसका लागि किरण ठगुन्नाले सर्वाधिक ६० रनको अर्धशतकीय पारी खेले । उनले ७३ बलमा ५ चौका प्रहार गरे ।ओपनर टेक रावतले १५ रन, कप्तान राजु रिजालले १९, नारायण जोशीले ४६ र नरेन साउदले १३ रन बनाए ।

    गण्डकीका लागि कप्तान विपिन खत्री र अंकित न्यौपानेले समान ३/३ विकेट लिए । कमल परियार र अमृत गुरुङले २/२ विकेट लिए । यसअघि सुदुरपश्चिमले कर्णाली र लुम्बिनी प्रदेशलाई पराजित गरेको थियो । गण्डकीको यो लगातार तेस्रो हार हो । गण्डकी कर्णाली र लुम्बिनीसँग यसअघि पराजित भएको थियो ।

    प्रकाशित मिति :माघ ४ २०८० बिहिवार - १६:३९:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij