Logo

२०८२ भाद्र २७ गते शुक्रवार

२०८२ भाद्र २७ गते शुक्रवार

पाकिस्तानमा इरानको ड्रोन हमला, २ बालिकाको मृत्यु

पाकिस्तानमा इरानको ड्रोन हमला, २ बालिकाको मृत्यु


  • 2.5K
    Shares

    पाकिस्तानमा इरानको ड्रोन हमला, २ बालिकाको मृत्यु
    images

    काठमाडौँ । पाकिस्तानमा इरानले हवाई आक्रमण गरेको छ। मंगलबार राति इरानले गरेको हवाई आक्रमणमा २ जना बालबालिकाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

    आक्रमणको जिम्मा लिँदै इरानले सुन्नी लडाकु समूह जैश अल-अदलका किल्ला ध्वस्त पार्न सटिक मिसाइल र ड्रोन हमला गरेको बताएको छ। बलोचिस्तानको को-इ-शब्जमा इरानले ६ वटा ड्रोन र एउटा रकेट प्रहार गरेको समाचार संस्था सिएनएनले उल्लेख गरेको छ। उनीहरूले त्यहाँ २ वटा घरहरूलाई लक्षित गरी आक्रमण गरेको भनेका छन्।

    आक्रमणबाट दुई बालिकाको मृत्यु भएको र चारजना घाइते भएका छन्। सुन्नी लडाकूहरू बसेको आशंकामा आक्रमण गरिएकोमा त्यहाँ उनीहरुका श्रीमती र बालबच्चा बस्ने गरेको पाइएको इरानी अधिकारीहरूले बताएका छन्।

    इरानी विदेश मन्त्रालयका प्रवक्ता नासिर  कनानीले सम्भावित सुरक्षा खतरालाई निस्तेज पार्न सटिक र लक्षित आक्रमण गरेको बताएका छन्। पाकिस्तानले आक्रमणको कडा निन्दा गर्दै इरानले त्यसको मूल्य चुकाउनुपर्ने बताएको छ।

    पाकिस्तानको विदेश मन्त्रालयले इरानले हवाई ‍क्षेत्रको उल्लंघन गरेको दुई निर्दोष बालिकाहरूको हत्या गरेको भन्दै यसक दुष्परिणाम भोग्न तयार रहन चेतावनी दिएको छ।

    ‘दुबै तर्फ संवादको वातावरण हुँदाहुँदै इरानले गैरकानुनी बाटो  समात्यो,’ पाकिस्तानको विदेश मन्त्रालयले भनेको छ। मारिनेहरू ८ र १२ वर्षका छन्।

    प्रकाशित मिति :माघ ३ २०८० बुधवार - १४:०३:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij