Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

ममता बनर्जीको स्वास्थ्यमा सुधार, ह्वीलचेयरमा यात्रा गर्दै चुनावी प्रचारमा खटिने

ममता बनर्जीको स्वास्थ्यमा सुधार, ह्वीलचेयरमा यात्रा गर्दै चुनावी प्रचारमा खटिने


  • 6.2K
    Shares

    ममता बनर्जीको स्वास्थ्यमा सुधार,  ह्वीलचेयरमा यात्रा गर्दै चुनावी प्रचारमा खटिने
    images

    भारतको पश्चिम बंगाल राज्यकी मुख्यमन्त्री तथा तृणमूल कांग्रेस पार्टीकी अध्यक्ष ममता बनर्जी गोडामा चोट लागेपछि पहिलोपटक सार्वजनिक स्थानमा देखिने भएकी छन् । 

    उनले आइतवार ह्वीलचेयर यात्रा गर्ने भएकी छन् । दक्षिण कोलकातामा मेयो रोडमा उनले पदयात्रा शुरू गर्नेछिन् ।आजै तृणमूलले चुनावी घोषणापत्र जारी गर्ने कार्यक्रम थियो तर त्यसलाई स्थगित गरेको छ । 

    ममतालाई लागेको चोटका विषयमा विशेष पर्यवेक्षकहरूको टोलीले निर्वाचन आयोगलाई प्रतिवेदन दिएको छ । उनी दुर्घटनामा परी घाइते भएको बताइएको । 

    मुख्यमन्त्रीको सुरक्षा प्रबन्ध कडा रहेको र कसैले कुनै आक्रमण गर्ने सम्भावना नदेखिएको पर्यवेक्षकले बताएका छन् । मुख्य सचिव आलापन बन्द्योपाध्यायले पनि निर्वाचन आयोगलाई अनुसन्धान प्रतिवेदन सुम्पेका छन् ।
     

    प्रकाशित मिति :चैत्र १ २०७७ आइतवार - १२:००:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij