२०८२ फाल्गुण १६ गते शनिवार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी काठमाडौँ उपत्यका-केन्द्रित प्रचारमा व्यस्त भएको छ।
यसै क्रममा उक्त पार्टीले आज (शनिबार) काठमाडौँमा भेटघाटलगायत कार्यक्रम सञ्चालन गरिरहेको छ।
र्यालीमा पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) सहितका नेता सहभागी छन्।
र्याली काठमाडौँ, भक्तपुर र ललितपुरका विभिन्न स्थानमा गरिँदै छ।
बिहान ६ बजे पाशुपत क्षेत्रबाट सुरु कार्यक्रम साँझ ६ बजे वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा पुगेर समापन गरिने रास्वपाले जनाएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij