२०८२ भाद्र ८ गते आइतवार
काठमाडौं । दुई दिने नेपाल भ्रमणका लागि भारतका विदेश सचिव हर्षवर्धन श्रृंगला काठमाडौं आइपुगेका छन् । परराष्ट्र सचिव भरतराज पौडेलको निमन्त्रणमा विदेश सचिव श्रृंगला नेपाल आएका हुन् ।
विदेश सचिव श्रृंगला इन्डियन एयर फोर्सको विमानबाट बिहीबार बिहान १०.४० मा त्रिभुवन विमानस्थलमा उत्रिएका हुन् ।
कोरोनोको कारण नेपाल भारतबीच नियमित उडान नभएका कारण उनी इन्डियन एयर फोर्सको विमानबाट आएको परराष्ट्र सचिव पौडेलले जनाकारी दिए।
श्रृंगलाले दुई दिन काठमाडौंमा रहँदा आफ्ना समकक्षी परराष्ट्रसचिव भरतराज पौड्यालसँग द्विपक्षीय वार्ता गर्ने छन्।
‘यो मैत्रीपूर्ण भ्रमण हो। कुनै निश्चित एजेण्डामा वार्ता गर्नका लागि गरिएको भ्रमण होइन,’ परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले भनिन्, ‘वार्तामा नेपाल–भारत द्विपक्षीय चासोका सबै विषय उठ्ने संभावना छ।’
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij