२०८२ फाल्गुण २३ गते शनिवार
पूर्वमोडल दिव्या पाहुजाको शव भारतस्थित हरियाणाको फतेहाबाद जिल्लाको नहरबाट फेला परेको छ।
समाचार एजेन्सी पीटीआईको रिपोर्टअनुसार केही दिनअघि गुरुग्रामको एक होटलमा गोली हानी उनको हत्या गरिएको थियो ।
अभियुक्त बलराज गिलले दिएको जानकारीका आधारमा दिव्या पाहुजाको शव फेला परेको प्रहरी अधिकारीको दाबी छ। बलराज गिल बिहीबार कोलकाता एयरपोर्टबाट पक्राउ परेका थिए। बलराज गिलले दिव्याको शव व्यवस्था गरेको आरोप छ।
दिव्या पाहुजालाई पाँच जनाले होटल सिटी प्वाइन्टमा लगेर कोठा नम्बर १११ मा टाउकोमा गोली हानेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार दिव्या पाहुजाले सो होटलका मालिकलाई ब्ल्याकमेल गरिरहेकी थिइन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij