Logo

२०८२ पौष ७ गते सोमवार

२०८२ पौष ७ गते सोमवार

सन् २०२४ मा श्रीलङ्काको अर्थतन्त्र १.७ प्रतिशत वृद्धि हुने विश्व बैङ्कको प्रक्षेपण

सन् २०२४ मा श्रीलङ्काको अर्थतन्त्र १.७ प्रतिशत वृद्धि हुने विश्व बैङ्कको प्रक्षेपण


  • 2.8K
    Shares

    सन् २०२४ मा श्रीलङ्काको अर्थतन्त्र १.७ प्रतिशत वृद्धि हुने विश्व बैङ्कको प्रक्षेपण
    images

    विश्व बैङ्कले बुधबार  सार्वजनिक गरेको विश्वव्यापी आर्थिक सम्भावनासम्बन्धी  प्रतिवेदनअनुसार सन् २०२४ मा श्रीलङ्काको अर्थतन्त्र १.७ प्रतिशत र २०२५ मा २.४ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको छ ।

    विश्व बैंककाअनुसार सन् २०२३ मा  श्रीलङ्काको अर्थतन्त्र ३.८ प्रतिशतले ऋणात्मक वृद्धि भएको अनुमान गरिएको छ ।

    श्रीलङ्काको उत्पादनमा  आर्थिक वर्ष २०२२÷०२३ मा केहि घटेको अनुमान गरिएको भएता पनि सार्वभौम ऋणको पुनर्संरचनामा प्रगति भएको विश्व बैङ्कले जनाएको छ ।

    यद्यपि, बैङ्कले विशेष गरी निजी ऋणदाताहरूसँगको बीचमा ऋण पुनर्संरचना वार्ताका लागि श्रीलङ्काको दृष्टिकोण अनिश्चित रहेको बताएको छ ।

    बैङ्कले उदीयमान बजार र विकासशील अर्थतन्त्र क्षेत्रहरू रहेको दक्षिण एसियाको वृद्धि सन् २०२३ को तुलनामा सामान्य सुस्तता आई ५.७ प्रतिशत कायम हुने प्रक्षेपण गरेको छ । न्युज एजेन्सी

    प्रकाशित मिति :पौष २६ २०८० बिहिवार - ०८:४५:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij