Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

जर्मन लिजेण्ड फुटबलर बेकनबाउरको निधन

जर्मन लिजेण्ड फुटबलर बेकनबाउरको निधन


  • 2.5K
    Shares

    • images
    जर्मन लिजेण्ड फुटबलर बेकनबाउरको निधन
    images

    फुटबलका महान् खेलाडीमध्ये एक मानिने जर्मन लिजेण्ड फ्रान्ज बेकनबाउरको ७८ वर्षको उमेरमा निधन भएको छ।

    उनले १९७४ मा पश्चिम जर्मनीको कप्तान भएर विश्वकप जितेका थिए भने १९९० मा प्रशिक्षकको हैसियतमा फेरि ट्रफी उचालेका थिए।

    उनी डिफेन्डर थिए। जर्मन क्लब बायर्न म्युनिखको लागि उनले ५८२ खेल खेलेका थिए। उनले बार्यनबाट पनि खेलाडी र प्रशिक्षकको रुपमा लिगको उपाधि जित्न सफल भएका थिए। उनले १९७२ मा युरोपियन च्याम्पियनसिप जितेक थिए भने दुई पटक बालोन डि’ओर ट्रफी उचल्न सफद्य भएका थिए।

    उनको परिवारले जर्मन समाचार एजेन्सी डीपीएमार्फत जारी गरिएको विज्ञप्तिमा लेखिएको छ, 'यो गहिरो दुःखका साथ हामी घोषणा गर्दछौं कि मेरा श्रीमान् र हाम्रा बुबा, फ्रान्ज बेकनबाउरको हिजो, आइतबार, शान्तपूर्वक निधन भएको छ।

    उनले सन् १९६६ को विश्वकपमा २० वर्षको उमेरमा चार गोल गरेका थिए र प्रतियोगिताको उत्कृष्ट युवा खेलाडीको अवार्ड जितेका थिए। उनले पश्चिम जर्मनीका लागि १०३ खेल खेलेका थिए। 

    बेकनबाउर ब्राजिलका मारियो जागालो र फ्रान्सका डिडियर डेसच्याम्प्ससँगै खेलाडी र प्रशिक्षक दुवैको रूपमा विश्वकप जित्ने तीन जनामध्ये एक हुन्।जागालोको गत साता ९२ वर्षको उमेर निधन भएको थियो। 

    बायर्नबाट बेकनबाउरले चार लिग उपाधि जितेका थिए।  उनले १९८२ मा ह्याम्बर्गसँग बुन्डेसलिगा पनि जितेका थिए।

    प्रकाशित मिति :पौष २४ २०८० मंगलवार - ११:४८:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij