२०८२ माघ १२ गते सोमवार
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले केन्द्रीय कमिटी बैठक बोलाउने विषयमा तयारी थालेको छ । एमालेले आगामी चैत १ गते केन्द्रीय कमिटी बैठक बोलाउने बारेमा अनौपचारिक छलफल भइरहेको बताइएको छ ।
स्रोतका अनुसार नेताहरुबीच चैत १ गते बोलाउँदा उपयुक्त हुने सुझावहरु आएपनि अध्यक्ष र महासचिवबीच छलफल गरेर मिति र समय टुंगो लगाउने तयारी भएको हो ।
त्यसको लागि आज एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले महासचिव ईश्वर पोखरेल लगायतका नेताहरुसँग छलफल गर्दैछन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij