२०८२ भाद्र ३ गते मंगलवार
नयाँ दिल्ली । भारतमा कोरोना खोप अभियान जारी छ । अहिलेसम्म भारतमा साढे दुई करोड भन्दा बढीले कोरोना खोप लगाइसकेका छन् ।
यसैबीच, केही चिन्ताजनक खबरहरु समेत सार्वजनिक भैरहेका छन् । पछिल्लो खबर अनुसार महाराष्ट्रमा दुई स्वास्थ्यकर्मी कोरोना खोपका दुबै डोज लगाइसके पछि पनि कोरोना संक्रमित भएका छन् ।
समाचार एजेन्सी पीटीआईका अनुसार महाराष्ट्रको जालनामा सरकारी अस्पतालमा कार्यरत कर्मचारी खोपको दुई डोज लिएपछि पनि कोरोनाको चपेटामा आएका छन्, यद्यपि अहिले उनीहरुमा कोरोनाको लक्षण भने निकै कम छ ।
महाराष्ट्रमा अहिले कोरोना भाइरसको संक्रमण तिब्र गतिमा बढेको छ । पछिल्लो दिन नै पुरै राज्यमा १४ हजार भन्दा बढीमा संक्रमण पुष्टि भएको छ, जुन गत वर्षको कीर्तिमानी तथ्यांक हो ।
भारतमा यतिबेला खोप अभियानको दोस्रो चरण जारी छ । अहिले ६० वर्षभन्दा माथिका व्यक्तिलाई खोप लगाईंदैछ । एजेन्सी
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij