२०८२ माघ १२ गते सोमवार
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज बुटवल जाँदैछन् । राष्ट्रिय दलित पत्रकार संघको प्रथम सम्मेलन उद्घाटन गर्न दाहाल रुपन्देही जान लागेका हुन् ।
सम्मेलनमा दाहाल सहित नेकपा एमालेका नेता घनश्याम भुसाल, छविलाल विश्वकर्मा, कांग्रेस नेता मिन विश्वकर्मा लगायतका नेताहरुले संवोधन गर्ने कार्यक्रम छ ।
सम्मेलनमा देशभरबाट ३ सय भन्दा बढी दलित पत्रकारहरु बुटवल आइपुगेको दलित पत्रकार संघका अध्यक्ष विनोद पहाडीले जानकारी दिए । सम्मेलनको उद्घाटन बिहान ११ बजे प्रचण्डले गर्ने कार्यक्रम रहेको छ । सम्मेलन तीन दिनसम्म चल्नेछ ।
उक्त कार्यक्रम उद्घाटन गरेपछि प्रचण्डले दिउँसो बुटवलको क्लब डेनोभोमा कार्यकर्तालाई प्रशिक्षण दिने कार्यक्रम रहेको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij