२०८२ माघ १२ गते सोमवार
काठमाडौं । सत्ता समीकरणबारे दलहरुबीच छलफल चलिरहेको समयमा प्रधानमन्त्री केपी शर्मा ओलीले जनता समाजवादी पार्टी (जसपा) नेपालका शीर्ष नेतालाई शिवरात्रीको छेको पारेर आफ्नो सरकारी निवास बालुवाटारमा बोलाएका छन् ।
अपराह्न ५ बजे जसपाका शीर्ष नेताहरु प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार जाने भएका हुन् । जसपा नेपालका नेताहरु महन्थ ठाकुर, उपेन्द्र यादव, डा।बाबुराम भट्टराई, राजेन्द्र महतो, अशोक राई बालुवाटार जाने भएका हुन् ।
जसपा नेपालका नेता राजेन्द्र महतोले प्रधानमन्त्रीसँग भेटवार्ताका लागि पाँच शीर्ष नेतासहित वार्ता कार्यदलका सदस्य पनि भेटवार्तामा सहभागी हुने बताए ।
जसपाले सत्ता सहकार्य र रेशम चौधरीको रिहाइसहितका विषयमा छलफल गर्ने बुझिएको छ । यसअघि पनि जसपाका नेताहरुले यो विषयमा प्रधानमन्त्रीसँग एक चरण छलफल गरिसकेका छन् ।
जसपा नेपालले सत्ता सहकार्यका लागि अहिलेसम्म आफ्नो प्रस्ट धारणा सार्वजनिक गरिसकेको छैन । सो पार्टीका नेताहरु प्रधानमन्त्री ओली र ओली इतर गठबन्धन गरी दुवैतिर निरन्तर छलफल र संवादमा छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij