Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

डेढ लाख घुस लिएको आरोपमा कर अधिकृतसहित दुई पक्राउ

डेढ लाख घुस लिएको आरोपमा कर अधिकृतसहित दुई पक्राउ


  • 5.8K
    Shares

    डेढ लाख घुस लिएको आरोपमा कर अधिकृतसहित दुई पक्राउ

    जनकपुरधाम । आन्तरिक राजस्व कार्यालय जनकपुरधामका कर अधिकृतसहित दुई जना डेढ लाख घुससहित  पक्राउ परेका छन् ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले कर अधिकृत रमेश ढकाल र आर.एन. म्यानेजमेन्ट अकाउण्ट कन्सल्टेन्सीका प्रोपाइटर नवीनकुमार कर्णलाई घुस रकमसहित पक्राउ गरेको हो ।

    कर अधिकृत ढकाल र बिचौलिया नवीनकुमार कर्णलाई सेवाग्राहीबाट १ लाख ५० हजार रुपैयाँ घुस लिँदै गर्दा  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बर्दिवास कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

    उनीहरुले एक जना डिष्टिलरी उद्योगीसँग कर बापतको अन्तशुल्क समायोजनको रकम फिर्ता गर्ने भन्दै अतिरिक्त रकम लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए । 

    पक्राउ परेका दुवै जनाविरुद्ध थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

    प्रकाशित मिति :फाल्गुण २७ २०७७ बिहिवार - १०:५९:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij