Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

अर्कै पार्टीकी माननीय माथि ओलीले किन लगाए नजर, भारतकी चेलीलाई दिन किन लागेछ रहर ?

अर्कै पार्टीकी माननीय माथि ओलीले किन लगाए नजर, भारतकी चेलीलाई दिन किन लागेछ रहर ?


  • 12.3K
    Shares

    अर्कै पार्टीकी माननीय माथि ओलीले किन लगाए नजर, भारतकी चेलीलाई दिन किन लागेछ रहर ?

    काठमाडौं । प्रधानमन्त्री केपी ओलीका आँखामा पछिल्ला दिनमा अर्कै पार्टीकी जुझारू सांसदको तस्बिर झल्झली आउछ। प्रधानमन्त्री ओली ती महिला माननीयलाई प्रतिनिधिसभाको रिक्त उपसभामुख बनाउन चाहन्छन। ती माननीय अरु कोही नभएर जनता समाजवादी पार्टी नेपाल (जसपा)की सांसद चन्दा चौधरी हुन्। 

    भारतकी छोरी नेपालकी बुहारी चौधरीलाई प्रधानमन्त्री ओलीले नै किस्तीमा राखेर उपसभामुख पद पठाएको जसपाका नेताहरू स्वयम् बताउन थालेका छन् । बुझिए अनुसार  चौधरी अंगिकृति नागरिक हुन् । उनलाई महन्थ ठाकुरको तत्कालीन राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)ले समानुपातिकमा प्रतिनिधि सभाको सांसद बनाएको थियो । हुन त चन्दा यस अघि नै सहायक मन्त्री समेत भईसकेकी छिन।  भारतीय दुताबास संग उनको राम्रो हिमचिम छ। 

    ओलीले जसपाका नेताहरूसँग आफ्नो सरकारलाई साथ दिएमा उप–सभामुखसहित आकर्षक मन्त्रालयहरू दिन अफर गरिसकेका छन् ।

    प्रतिनिधि सभाको बैठकमा केही महिना अगाडि सांसद चौधरीका विषयमा एमालेकै सांसद गंगा चौधरीले विभिन्न आरोपहरू लगाएकी थिइन् । जसपाकी सांसद चन्दा चौधरीले पनि विवादास्पद अभिव्यक्ति दिँदै आएकी छिन् ।

     उप–सभामुख संवैधानिक परिषदको सदस्य रहने व्यवस्थाले पनि उक्त पदको गरिमा बढाएको हो। मन्त्री सरहको उक्त पद जसरी भए पनि ओली चन्दालाई दिन हत्ते गरेर लागिपरेका छन्।

    aaa.jpg

     

    प्रकाशित मिति :फाल्गुण २६ २०७७ बुधवार - १७:०७:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij