Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

यस्ता छन् गर्मी मौसममा खान हुने र नहुने कुराहरू...

यस्ता छन् गर्मी मौसममा खान हुने र नहुने कुराहरू...


  • 13.1K
    Shares

    यस्ता छन् गर्मी मौसममा खान हुने र नहुने कुराहरू...
    images

    गर्मीमा आफ्नो स्वास्थ्यका साथै खानपानमा ध्यान दिन सकिएन भने विभिन्न रोगहरुले सताउन सक्छ । विशेष गरि शरीरमा पानीको मात्र कमी भएमा विभिन्न प्रकारका रोगले संक्रमण गर्दछ । तसर्थ प्रशस्त रुपमा पानी पिउन मात्र नभई अन्य खानेकुरा पनि खानु आवश्यक हुन्छ ।

    जाडो मौसमको तुलनामा गर्मी मौसममा पाचन शक्ति कम हुने हुँदा गर्मी मौसममा बढि बिरामी हुने हुनाले जाडो मौसममा भन्दा गर्मी मौसममा खानपानमा बढि ध्यान दिनुपर्छ । 

    गर्मी मौसममा यी खाने कुराहरू खानूस्

    पानी- गर्मी महिनामा घामको सिधा असर पर्ने हुदा, साथै शरीरका नसा कोशिकाहरुलाई पानीले संचित गरिराख्नका लागि शरीरमा पानीको मात्र कम हुन हुँदैन । तसर्थ प्रर्याप्त मात्रामा पानी पिउने ।

    गाँजर- गाँजरको जसु कम्तीमा पनि १० देखि १२ हप्ता सम्म नियमित खाने गर्नाले छालामा घाममा पाइने विकिरणले हानी पुर्याउने जोखिम कम गर्दछ । 

    खरबुजा- यसमा छालालाई घामको विकिरणबाट जोगाउने तत्व पाइने हुनाले यसको सेवन गर्नु निकै उपयोगी हुन्छ ।  

    मकै- मकैमा लुटेन र जेक्सानथिन नामक अक्सिडेन्ट्स पाइन्छ । जसले सूर्यका हानिकारक विकिरणबाट आँखालाई जोगाउनका साथै शरीरमा उर्जा प्रदान गर्ने, गर्दछ । 

    गोल्भेडा- यसमा लाइसोपेन नामक तत्व पाइन्छ ।र यसले घामबाट छालालाई डढ्नबाट जोगाउँछ । 

    दही- दहीको नियमित सेवन गर्नाले स्वस्थ रहनुका साथै सुन्दरतालाई पनि प्रवर्धन गर्न सहयोग गर्दछ । त्यसैले खानामा दही समावेश गर्नु निकै फाइदा हुन्छ । 

    पुदिना- यसमा भिटामिन ए भरपुर मात्रामा पाइन्छ । जुन मानव स्वास्थ्यका लागि निकै राम्रो हुन्छ । यसले अनुहारलाई पनि    चम्किलो बनाउँनुका साथै यसले शीतलता पनि प्रदान गर्दछ । 

     गर्मी मौसममा यस्ता खानेकुराहरू नखानूस् 

    गर्मी मौसमा बढि मसालेदार भएको खानेकुरा, बासी सडेगलेका खानेकुरा, जाँड, रक्सी तथा सुतिजन्य पदार्थ, तेलमा फ्राइ गरेको खानेकराहरु, जंक फूड, लामो समयसम्म फ्रिजमा राखेको खानेकुराहरु, तेलबाट बनेको परिकार, अण्डा र रातो मासु जस्ता परिकारहरु गर्मी मौसममा नखाने ।

    प्रकाशित मिति :फाल्गुण २६ २०७७ बुधवार - १४:३९:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij