२०८२ भाद्र २२ गते आइतवार
काठमाडौँ । मनकामना दर्शन प्रा.लि. पर्यटन विधाबाट सबैभन्दा बढी आयकर तिर्ने करदाताको रूपमा सम्मानित भएको छ । मुलुकको अग्रणी केबुलकार सेवा सञ्चालक कम्पनी मनकामना दर्शनलाई सरकारले राष्ट्रिय कर दिवसको अवसर पारेर बिहीवार सम्मानित गरेको हो । आर्थि
क वर्ष २०७८/७९ मा पर्यटन व्यवसाय सञ्चालन गरिरहेका कम्पनीमध्ये सबैभन्दा बढी आयकर तिरेको हो । सो अवसरमा सबैभन्दा बढी कर दाखिला गर्ने विभिन्न विधाका १६ करदाता सम्मानित भएका थिए ।
प्रतिष्ठित व्यवसायी स्वर्गीय लक्ष्मणबाबु श्रेष्ठले स्थापना गर्नुभएको मनकामना दर्शन प्रालिले २०५५ मंसिरदेखि चितवनको इच्छाकामना गाउँपालिका, चेरेशबाट गोरखाको मनकामना मन्दिरसम्म केबुलकार सेवा सञ्चालन गर्दै आएको छ । कम्पनीले देशका अन्य भागमा पनि केबुलकार सञ्चालन गरिरहेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij