२०८२ भाद्र २ गते सोमवार
काठमाडौँ । चालु आर्थिक बर्ष २०८०/८१ को पहिलो त्रैमाससम्ममा माच्छापुच्छ्रे बैंक लिमिटेडले ५४ करोड २२ लाख ३९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक बर्ष २०७९/८० को सोहि अवधीको तुलनामा २०.१८ प्रतिशतले बढी हो । गत आर्थिक बर्षमा बैंकको यस्तो नाफा ४५ करोड ११ लाख ८३ हजार रुपैयाँ रहेको थियो ।
पहिलो त्रैमाससम्ममा बैंकको खुद ब्याज आम्दानी घटे पनि बैंकको इम्पेरमेन्ट चार्ज घटेको कारण बैंकको खुद नाफा बढ्न पुगेको हो । गत वर्ष असोज मसान्तसम्ममा बैंकले २९ करोड ३० लाख ३७ हजार रुपैयाँ रहेको इम्पेयरमेन्ट चार्ज बापत छुट्याएकोमा यो वर्ष १ करोड २२ लाख ८९ हजार रुपैयाँ छुट्याएको हो ।
समीक्षा अवधीमा बैंकको खुद फि तथा कमिशन आम्दानी ४.४० प्रतिशत घटेर ३० करोड २५ लाख रुपैयाँमा सीमित भएको छ । गत आर्थिक बर्षमा बैंकको यस्तो आम्दानी ३१ करोड ६४ लाख ५६ हजार रुपैयाँ रहेको थियो ।
यस्तै, असोज मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी ३.९५ प्रतिशतले घटेर १ अर्ब ४१ करोड २२ लाख ३१ हजार रुपैयाँमा सीमित भएको छ । गत आर्थिक बर्ष बैंकको सोही अवधीमा बैंकको यस्तो आम्दानी १ अर्ब ४७ करोड ३ लाख ५१ हजार रुपैयाँ रहेको थियो ।
समीक्षा अवधीमा बैंकको नाफासँगै प्रतिशेयर आम्दानी पनि बढेको छ । असोज मसान्तसम्म्मा बैंकको यस्तो आम्दानी ३ रुपैयाँ १३ पैसा बढेर १८ रुपैयाँ ६६ पैसा पुगेको छ । यस्तै, बैंकको मूल्य आम्दानी अनुपात ११.०९ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १४२ रुपैयाँ ७७ पैसा रहेको छ ।
यता, कुल सञ्चालन आम्दानी ४.७४ प्रतिशत घटेर १ अर्ब ८० करोड २२ लाख रुपैयाँ, सञ्चालन मुनाफा २१.६५ प्रतिशत बढेर ७८ करोड ३५ लाख रुपैयाँ पुगेको छ । असोज मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा २ करोड ८५ लाख रुपैयाँ रहेको छ ।
गत आर्थिक वर्षको मुनाफाबाट १३.३० प्रतिशत बोनस शेयर वितरण गरी ११ अर्ब ६२ करोड १३ लाख रुपैयाँ चुक्ता पूँजी पुर्याएको यस बैंकको जगेडा कोषमा ४ अर्ब ९७ करोड रुपैयाँ सञ्चित छ । पछिल्लो तीन महिनामा बैंकको निक्षेप संकलन ३.४५ प्रतिशत घटेर १ खर्ब ४८ अर्ब ८५ करोड रुपैयाँ र कर्जा ३.४४ प्रतिशत बढेर १ खर्ब ३० अर्ब ४७ करोड रुपैयाँ पुगेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij