Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

आईसीसी टी–२० विश्वकप एसिया छनोट : आज नेपाल र मलेसिया भिड्दै

आईसीसी टी–२० विश्वकप एसिया छनोट : आज नेपाल र मलेसिया भिड्दै


  • 3.9K
    Shares

    आईसीसी टी–२० विश्वकप एसिया छनोट : आज नेपाल र मलेसिया भिड्दै

    आईसीसी टी–ट्वान्टी विश्वकप एसिया छनोट अन्तर्गत आज नेपालले मलेसियासँग खेल्नेछ । खेल दिउँसो सवा १ बजे काठमाडौँको कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा हुनेछ ।

    जारी प्रतियोगितामा नेपाल लगातार दोस्रो जित निकाल्ने लक्ष्यका साथ मैदानमा उत्रँदै छ । नेपालले पहिलो खेलमा हिजो सिंगापुरमाथि आठ विकेटको सहज जित निकालेको थियो । यस्तै, मलेसिया पनि नेपाललाई हराउँदै पहिलो जित निकाल्ने योजनामा छ । हिजो भएको पहिलो खेलमा मलेसिया ओमानसँग ३२ रनले पराजित भएको थियो ।

    नेपाल र मलेसियाले अहिलेसम्म ९ पटक टी–ट्वान्टी अन्तर्राष्ट्रिय खेल खेलेका छन् । जसमा नेपालले आठ खेल जितेको छ भने मलेसिया एक पटक विजयी भएको छ । कात्तिक १९ गतेसम्म चल्ने प्रतियोगितामा ८ देश सहभागी छन् । जसअन्तर्गत समूह ‘ए’ मा नेपालसहित सिंगापुर, ओमान र मलेसिया छन् । समूह ‘बी’ मा यूएई, बहराइन, हङकङ र कुवेत छन् । नेपालले तेस्रो खेल कात्तिक १६ गते ओमानसँग खेल्नेछ ।

    यस छनोटमा दुवै समूहबाट शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् भने फाइनल पुग्ने दुई टोली सोझै विश्वकपलाई छानिन्छन् । फाइनल पुग्ने दुई टोलीले अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने टी–२० विश्वकप खेल्न पाउने छन् ।

    प्रकाशित मिति :कार्तिक १४ २०८० मंगलवार - ०७:०४:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij