Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

स्ट्याण्डर्ड चार्टर्ड बैंकले गर्‍यो १९ प्रतिशत लाभांश प्रस्ताव

स्ट्याण्डर्ड चार्टर्ड बैंकले गर्‍यो १९ प्रतिशत लाभांश प्रस्ताव


  • 2.9K
    Shares

    स्ट्याण्डर्ड चार्टर्ड बैंकले गर्‍यो १९ प्रतिशत लाभांश प्रस्ताव

    काठमाडौँ । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले गत आर्थिक वर्ष ०७९/८० को लाभांश प्रस्ताव गरेको छ । कात्तिक १३ गते दिउँसो ३:१५ बजे बसेको बैंकको सञ्चालक समितिको बैठकले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा कर समेत १९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 

    हाल बैंकको चुक्तापूँजी ९ अर्ब ४२ करोड ९४ लाख ५४ हजार रूपैयाँ रहेको छ । सोही पूँजीको आधारमा वितरण गर्ने प्रस्ताव गरेको यो लाभांश नेपाल राष्ट्र बैंकमा स्वीकृतिका लागि पेश गर्ने निर्णय बैंकले गरेको हो । नेपाल राष्ट्र बैंकको स्वीकृति पछि बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि प्रस्तावित लाभांश वितरणयोग्य हुनेछ ।

    बैंकले गत वर्षभन्दा यस वर्ष बढी लाभांश वितरण गर्न लागेको हो । गत वर्ष आर्थिक वर्ष ०७८/७९ को मुनाफाबाट बैंकले कर समेत १६ दशमलव ५१ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । पछिल्ला दुई आर्थिक वर्ष बैंकले नगद लाभांशमा मात्र जोड दिएको छ ।

    प्रकाशित मिति :कार्तिक १४ २०८० मंगलवार - ०६:५३:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij