Logo

२०८२ भाद्र २७ गते शुक्रवार

२०८२ भाद्र २७ गते शुक्रवार

३१ वर्ष कान्छो धर्मपुत्रसँग विवाह गरेपछि रुसमा संगीतकारको आलोचना

३१ वर्ष कान्छो धर्मपुत्रसँग विवाह गरेपछि रुसमा संगीतकारको आलोचना


  • 2.1K
    Shares

    ३१ वर्ष कान्छो धर्मपुत्रसँग विवाह गरेपछि रुसमा संगीतकारको आलोचना
    images

    रुसमा एक ५३ वर्षीया महिलाले धर्मपुत्रका रूपमा ८ वर्ष पालेका २२ वर्षीय पुरुषसँग विवाह गरेपछि उनको तीव्र आलोचना भएको छ ।

    रिपब्लिक अफ टारास्टानमाकी चर्चित संगीतकार आईसीलू चिजेभ्सकाया मिंगालिमले उनको धर्मपुत्रलाई विवाह गरेपछि विवाद भएका हो । आठ वर्षअघि काजानमा रहेको अनाथालयमा संगीत सिकाउँदा उनले १३ वर्षीय डानिललाई भेटेकी थिइन् । उनीजस्तै संगीतमा रुची राख्ने डानिल र आईसीलूले जोडी भएर काम गर्न थाले । डानिलले ‘यू आर सुपर !’ जस्ता रियालिटी शोमा पनि भाग लिए भने चर्चित रुसी गायक फिलिप किरकरोपसँग पनि काम गरे ।

     

    १४ वर्षको उमेरमा आईसीलूले डानिललाई धर्मपुत्रका रूपमा भित्र्याएकी थिइन् । त्यसयता दुवै सँगै बस्दै आएका थिए । तर, गत अक्टोबरमा भने दुईजनाले विवाह गरेको घोषणा गरेपछि धेरै जना चकित बनेका थिए । ‘हाम्रो विवाह भिन्नै तहमा रहेको छ । हाम्रो परिवारलाई रचनात्मकताले जोडेको छ जसलाई कसैले तोड्न सक्दैन,’ आईसीलूले रुसी पत्रकारहरूसँग भनिन् । मानिसहरूले उनको अवस्थालाई बुझ्न नसकेको उनले जिकिर गरिन् ।

    रिपब्लिक अफ टारास्टानमा भने उनको चर्को आलोचना गरिएको छ । उनलाई देशको लागि धब्बा समेत भएको बताइएको छ । अधिकारीहरूले समेत उनले धर्मपुत्र बनाएका अन्य बालबालिकालाई उनीबाट खोसेर काजानका अनाथालयमा पुर्याएका छन् । यता आईसीलूले भने उनको र डानिलको सम्बन्ध शारीरिकभन्दा बढी आध्यात्मिक भएको बताएकी छन् । यसलाई धेरैले बुझ्न नसकेकोमा उनले गुनासो गरिन् ।

    प्रकाशित मिति :कार्तिक ११ २०८० शनिवार - १७:४२:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij