Logo

२०८२ पौष ७ गते सोमवार

२०८२ पौष ७ गते सोमवार

एनआरएनएको मतपरिणाम घोषणासँगै तनाव, सिस्टम ह्याक गरेर बद्रीलाई जिताइएको आरोप

एनआरएनएको मतपरिणाम घोषणासँगै तनाव, सिस्टम ह्याक गरेर बद्रीलाई जिताइएको आरोप


  • 3.2K
    Shares

    एनआरएनएको मतपरिणाम घोषणासँगै तनाव, सिस्टम ह्याक गरेर बद्रीलाई जिताइएको आरोप
    images

    काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्ष पदमा डा बद्री केसी विजयी भएको घोषणासँगै तनाव भएको छ ।

    पराजित उम्मेदवारहरुले सिस्टम ह्याकको आरोप लगाउँदै मतपरिणाम अस्वीकार गर्ने घोषणा गरेका छन् भने समर्थकहरुले चर्को नाराबाजी गरेका छन् ।

    भेरो नामक अनलाइन सिस्टममा गोलमाल गरेर केसीले नतिजा  प्रभावित गरेको  अध्यक्षका अन्य प्रत्यासीहरु आरके शर्मा र महेश श्रेष्ठले आरोप लगाएका छ्न् । उनीहरूले अब कानुनी प्रक्रियामा जाने बताएका छन् ।

    राजधानीको होटल सोल्टीमा भएको ११ औँ विश्व सम्मेलन र सो क्रममा भएको निर्वाचनमा केसी, श्रेष्ठ र शर्मा चुनावी मैदानमा थिए । अध्यक्ष पदमा रविना थापाले समेत उम्मेदवारी दिएपनि उनले आफ्नो उम्मेदवारी निष्क्रिय गरेर श्रेष्ठलाईसमथन गरेकी थिइन् । 

    प्रकाशित मिति :कार्तिक ३ २०८० शुक्रवार - ०५:१०:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij