Logo

२०८२ फाल्गुण २३ गते शनिवार

२०८२ फाल्गुण २३ गते शनिवार

वैवाहिक समारोह भइरहेको भवनमा आगलागी, बेहुला–बेहुली सहित सय जनाको मृत्यु

वैवाहिक समारोह भइरहेको भवनमा आगलागी, बेहुला–बेहुली सहित सय जनाको मृत्यु


  • 3.8K
    Shares

    वैवाहिक समारोह भइरहेको भवनमा आगलागी, बेहुला–बेहुली सहित सय जनाको मृत्यु

    एजेन्सी । उत्तरी इराकमा एउटा वैवाहिक समारोह भइरहेको भवनमा आगलागी हुँदा कम्तीमा एक सय जनाको मृत्यु भएको छ। १५० जना घाइते भएको इराकको सरकारी सञ्चारमाध्यमले जनाएको छ।

    मृत्यु हुनेमा बेहुला र बेहुली पनि छन्। उत्तरी निनेभ प्रान्तको अल(हम्दानिया जिल्लामा मंगलबार राति अबेर उक्त घटना भएको थियो। विवाहको अवसरमा आतसबाजी गर्दा आगो फैलिएको अनुमान छ।

    उक्त भवन बनाउन प्रयोग गरिएका सामग्री प्रज्जवलनशील भएकाले आगो सजिलै फैलिएको हुन सक्ने अनुमान गरिएको छ। आगो लागेपछि हलको छतको केही भाग नै खसेको थियो। स्थानीय समयअनुसार राति करिब पौने ११ बजे आगलागी हुँदा सयौँ मानिसहरू उक्त वैवाहिक समारोहमा उत्सव मनाइरहेको प्रत्यक्षदर्शीहरूले बताएका छन्।

    ‘आगोको मुस्लो बाहिर निस्किरहेको हामीले देख्यौँ। जो बाहिर निस्किन सके निस्के, जो सकेनन् उनीहरू त्यहीँ फसे। जो बाहिर निस्किन सके उनीहरू पनि घाइते थिए,’ हलबाट बाहिर निस्किन सफल ३४ वर्षीया योहानाले रोएटर्ससँग भनिन्।

    इराकका प्रधानमन्त्रीले अधिकारीहरूलाई दुर्भाग्यपूर्ण घटनाबाट प्रभावित भएकाहरूलाई राहत दिन सबै प्रयास गर्न निर्देशन दिएका छन्।

    प्रकाशित मिति :आश्विन १० २०८० बुधवार - ०९:०९:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij