२०८२ भाद्र ८ गते आइतवार
गर्मी लाग्न थालेको छ र अब तपाईंले खानपानमा केही परिवर्तन गर्नुपर्ने भएको छ ।
गर्मीमा खानपानमा ध्यान नदिँदा स्वास्थ्यमा असर पर्छ र अलिकति लापरवाहीले पनि बिरामी बनाइदिन्छ । यहाँ हामी के कुरा खाने भनी सल्लाह दिँदैछौं ।
गोलभेंडा
गोलभेंडामा एन्टीअक्सिडेन्ट र भिटामिन सी भरपूर पाइन्छ । यसमा लाइकोपीन जस्ता फाइटोकेमिकल पनि हुन्छ जसले क्यान्सर जस्ता रोग लाग्न दिँदैन ।
पानी
गर्मीमा प्रशस्त पानी पिइएन भने डिहाइड्रेसन हुन्छ । शरीरका नसा र कोशिकाहरूलाई पानीले सिंचित गरिराख्न शरीरमा पानीको मात्रा कम हुन दिनु हुँदैन । गर्मी महिनामा घामको सिधा असर हुने भएकाले शरिरलाई अत्यधिक पानीको आवश्यकता पर्दछ । यसर्थ, आफ्नै घरमा सफा गरिएको अथवा उमालेको पानी बोत्तलमा बोकेर हिँड्ने र पानी पिइरहने गर्दा सबैभन्दा उत्तम हुन्छ ।
मकै
गर्मीमा मकै पोलेर अथवा उसिनेर खानु कतिपयलाई त्यति रमाइलो नलाग्न सक्छ। तर, मकैमा लुटेन र जेक्सानथिन नामक अक्सिडेन्ट्स पाइन्छन् । यसले सूर्यका हानिकारक विकिरणबाट आँखालाई जोगाउने गर्छ । यसर्थ, मकै खाने सिजन शुरु भएपछि भने टन्नै हरिया मकै खान पाठकलाई सुझाव दिइन्छ। साथै, यसले बुढ्यौलीका कारण आँखा कमजोर हुने समस्यालाई पनि कम गर्छ। मकैले शरीरलाई ऊर्जा प्रदान गर्ने कुरा त छँदै छ।
रामतोरिया
गर्मीमा रामतोरिया अवश्य खानुस् । यसमा भएको फाइबरले मुट्लाई स्वस्थ राख्छ । कोलेस्ट्रोल पनि यसले घटाउँछ ।
दही
प्रोटीनले भरपूर दही गर्मीमा तपाईंलाई ठन्डा राख्छ । यो खाएपछि धेरै बेरसम्म भोक लाग्दैन । यसको प्रोबायोटिक्सले पाचनतन्त्रलाई सही राख्छ ।
खरबुजा
खरबुजाले शरीरलाई ठन्डा राख्न र डिहाइड्रेसन हटाउन मद्दत गर्छ । खरबुजामा पानी व्यापक मात्रामा हुन्छ र छिटो भोक लाग्न पनि दिँदैन । यसको लाइकोपीनले छालालाई घामबाट हुने क्षतिबाट पनि जोगाउँछ ।
ब्ल्याकबेरी र र्यास्पबेरी
बेरीहरू फाइबरको राम्रो स्रोत हुन् । यिनमा भिटामिन सी भरपूर हुन्छ । एक कप बेरीमा आठ ग्राम फाइबर हुन्छ ।
स्याउ र नास्पाती
यी दुवै फलमा फाइबर भरपूर हुन्छ । यसलाई नताछिकन बोक्रैसमेत खाँदा बढी पोषक तत्त्व पाइन्छ । खानुअघि यिनलाई मज्जाले धुनुस् ।
ग्रीन टी
गर्मीमा ग्रीन टीले तरोताजा राख्न मद्दत गर्छ । यसले क्यान्सरसँग लड्न, मुटुरोगको जोखिम घटाउन, कोलेस्ट्रोल घटाउन र मेटाबोलिजमलाई सही राख्न मद्दत गर्छ । तातो नसके चिसो भए पनि ग्रीन टी पिउनुस् ।
ड्राई फ्रुट्स
गर्मीको मौसममा बदाम, काजु र छोकडामा मोनोअनस्याचुरेटेड र पोलीअनस्याचुरेटेड फ्याट हुन्छ । यसले कोलेस्ट्रोल घटाउन मद्दत गर्छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij