२०८२ भाद्र १ गते आइतवार
काठमाडौं । मेयर कप–२०७७ मा काठमाडौं मेयर ११ को कप्तानी नेपाली लेग स्पिनर सन्दीप लामिछानेले गर्ने भएका छन् ।
नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार एक पत्रकार सम्मेलन गर्दै काठमाडौं मेयर- ११ को कप्तानी सन्दिपले गर्ने जानकारी दिएको छ । प्रतियोगिता भोलिदेखि सुरु हुने भएको छ ।
पाँच टिमको सहभागिता रहने प्रतियोगितामा विजेताले पाँच लाख रुपैयाँ र उपविजेताले तीन लाख रुपैयाँ प्राप्त गर्ने काठमाडौं महानगरले जनाएको छ ।
५० ओभरको प्रतियोगिता सिंगल राउन्ड रोबिनका आधारमा हुनेछ । जसमा शीर्ष दुई टिमले फाइनल खेल्नेछन् । फागुन २९ गते सम्पन्न हुने प्रतियोगिताका लागि प्रायः टिमको घोषणा भइसकेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij