२०८२ भाद्र २४ गते मंगलवार
काठमाडौँ । चर्चित कलाकार सागर लम्साल ‘बले’ अमेरिका उडेका छन् । ६ दिनका लागि उनी मंगलबार बिहान अमेरिका उडेका हुन् । उनले सामाजिक सञ्जालमा तस्बिर पोस्ट गर्दै आफू अमेरिका उडेको जानकारी दिएका छन् ।
उनको अमेरिका यात्राको उद्देश्य २ म्युजिक भिडियो अभिनय रहेको छ । दुवै भिडियो उनकै बले ईन्टरटेन्मेन्टबाट निर्माण हुन लागेको हो ।
‘मेरो ६ दिनको अमेरिका भ्रमणको उद्देश्य केबल २ म्युजिक भिडियो मात्र हो’, लम्सालले भने ‘त्यसैले केबल ६ दिन मात्र बस्नेछु ।’ ४ दिन भिडियो छायाङ्कन र २ दिन भ्रमणका लागि छुट्टाएको उनले खुलाए । दुवै भिडियो दिलासा बस्नेतको निर्माण तथा शिशिर खातीको निर्देशनमा बन्न लागेको हो ।
‘लोफर’बाट अभिनय यात्रा सुरु गरेका सागरले ‘बले’ उपनाम यही फिल्मबाट पाएका थिए । त्यसपछि ‘भद्रगोल’ हुँदै हाल ‘सक्किगोनी’ सिरियलसम्म आउँदा उनले यो उपनाम छोडेका छैनन् । उनलाई धेरैले नामले भन्दा पनि ‘बले’ उपनामले चिन्छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij