Logo

२०८२ भाद्र २४ गते मंगलवार

२०८२ भाद्र २४ गते मंगलवार

चर्चित गायिका मधु क्षेत्रीको तिज गीत “हेर्दिन ऐना ढाटेको हैन” सार्वजनिक (भिडियो सहित)

चर्चित गायिका मधु क्षेत्रीको तिज गीत “हेर्दिन ऐना ढाटेको हैन” सार्वजनिक (भिडियो सहित)


  • 8.6K
    Shares

    चर्चित गायिका मधु क्षेत्रीको तिज गीत  “हेर्दिन ऐना ढाटेको हैन”  सार्वजनिक (भिडियो सहित)
    images

    काठमाडौं । तीज नजिकिँदै गर्दा तीज गीतहरू सार्वजनिक भइरहेका छन् । हिन्दु नारीहरूको महान् पर्व मानिएको तीजका गीतहरूमा जुनसुकै समुदायका नारीहरू नाचगान गरिरहेका, रमाइरहेका देखिन्छन् । यसै सन्दर्भलाई समेटेर गायिका मधु क्षेत्रीले तीज गीत “ हेर्दिन ऐना ढाटेको हैन” लिएर आएकी छिन् ।

    सार्वजनिक भएको छोटो समयमै गीतले युट्युब र टिकटकमा चर्चा बटुल्दै गएको छ। गीत निकै मेहनत गरेर निकालिएकोले यसपालिको गीत पनि अघिल्लो जस्तै चर्चामा आउने गायीका मधु क्षेत्रीको विश्वास छ। यस अगाडि गायिका मधु क्षेत्रीले ‘ सोचे झै जिन्दगी रैनछ ’ बोलको गीत सार्वजनिक गरिसकेकी छिन् । उक्त गीतले नसोचेको सफलता पायो। टिकटकमा भिडिओ पनि सोही गीतले नै भरिए। गीतको डान्स स्टेपहरू भाइरल नै भए । गीतले छोटो समयमा करोड क्लबमा प्रवेश पायो । सोही गीतकी गायिका मधु क्षेत्री पनि उत्तिकै चर्चामा आइन्।

    गायिका क्षेत्रीले कुनै स्टेज कार्यक्रममा मात्र होइन आफ्ना एल्बमहरुमा समेत नेपाली समाज र समय सापेक्ष सन्देश पस्कने गर्दछिन् । काजिस श्रेष्ठको निर्देशन र छाँयाकनमा मोडल रमेश बिश्वकर्मा र गिता ढुंगनाको धमकेदार नृत्य प्रस्तुती रहेको उक्त भिडियोमा सिनेम्याटोग्राफर नवराज उप्रेती र बिकास ज्ञवालीको सम्पादन रहेको छ । चर्चित सर्जक तथा लोकदोहोरी गायक भगिरथ चलाउनेको लय तथा शब्दमा भगिरथ चलाउने र गायिका मधु क्षेत्रीको आवाजमा रहेको तीज गीत “ हेर्दिन ऐना ढाटेको हैन” भगिरथ चलाउने युटूव च्यानलबाट भर्खरै मात्रै (भिडियो सहित) बजारमा आएको छ ।

     

     

    प्रकाशित मिति :भाद्र ९ २०८० शनिवार - ०९:५०:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij