२०८२ भाद्र १२ गते बिहिवार
काठमाडौँ । भारत सरकारले चिनी निर्यातमा प्रतिबन्ध लगाउने तयारी गरेको छ । बर्ष नहुँदा उखुको उत्पादन घटेको कारण भारतले सात बर्षयता पहिलो पटक चिनीको निर्यातमा पूर्ण प्रतिबन्ध लगाउने भएको हो ।
भारतले अक्टोबरदेखि सुरु हुने आगामी सिजनमा चिनी निर्यात गर्न प्रतिबन्ध लगाउने तयारी गरेको भारतीय मिडियाहरूले जनाएको छ । ३ जना सरकारी अधिकारीहरूलाई उधृत गदै रोयटर्सले लेखेको छ– ‘बर्ष नहुँदा उखुको उत्पादनमा कमि आएको छ । जसकारण भारत सरकारले अक्टोबरदेखि सुरु हुने सिजनमा चिनी निर्यात गर्न मिलहरूलाई प्रतिबन्ध लगाउने तयारी गरेको छ ।’
भारतिय मिडिया रिपोर्टको अनुसार देशमा चिनी महङ्गो नहोस् भनेर भारत सरकारले निर्यात प्रतिबन्ध लगाउने कदम चालेको बताएको छ । जसकारण नेपाल मात्रै नभई विश्व बजारमा चिनी महङ्गो हुन सक्नेछ । यस्तै, विश्व बजारमा भारतको अनुपस्थितिले न्युयोर्क र लन्डनमा बेन्चमार्क मूल्यहरू बढाउने सम्भावना देखिएको छ ।
भारतको पहिलो प्राथमिकता स्थानीय बजारमा चिनीको आवशयकताहरू पुरा गर्ने र अतिरिक्त उखुबाट इथानोल उत्पादन गर्ने रहेको एक भारतीय अधिकारिले बताएका छन् । ‘सरकारको पहिलो प्रयास भारतमा चिनीको मूल्य नियन्त्रण गर्ने हो । यहाँको जनताको अवश्यकता पूरा गर्नु हो । त्यसैले चिनी बाहिर पठाउन रोक लगाइनेछ । यसपटकको उखुको बाली राम्रो नभएकोले अर्को सिजन बाहिर पठाउन चिनी पुग्दैन’ भारतीय सञ्चार माध्यम इन्डिया डट कममा उल्लेख गरिएको छ ।
यस बर्ष सबैभन्दा बढि उखु उत्पादन हुने पश्चिमी राज्य महाराष्ट्रर दक्षिणी राज्य कर्नाटकका जिल्लाहरूमा मनसुनी बर्ष औसतभन्दा ५० प्रतिशत भन्दा कम भएको भारतीय मौसम विभागको तथ्याङ्कले देखाएको छ । यस दुई राज्यले मात्र भारतको कुल चिनी उत्पादनको आधाभन्दा बढस् हिस्सा ओगटेको छ । न्युन बर्षाले २०२३/२४ को सिजनमा चिनी उत्पादनमा कमी आएको छ सन् २०२४/ २५ को सिजनमा भने उखु रोपाईमा नै कमी आउने एक अधिकारिले बताएका छन् ।
३.३ प्रतिशतले घट्यो उत्पादन
सन् २०२३/२४ को सिजनमा चिनी उत्पादन ३.३ प्रतिशतले घटेको भारतीय सञ्चार माध्यमहरूले जनाएको छ । सञ्चार माध्यमहरूको अनुसार यस सिजनमा चिनी उत्पादन ३.३ प्रतिशतले घटेर ३ करोड १७ लाख टन हुने सम्भावना रहेको जनाएको छ । गत सिजनमा इतिहासकै उच्च १ करोड ११ लाख टन चिनी निर्यात गर्न अनुमति दिएको भारतले चालु सिजन (सेप्टेम्बर ३० सम्म) मा ६१ लाख टन मात्रै निकासीको अनुमति दिएको छ । जुन अघिल्लो सिजनको तुलनामा ११.१ मिलियन टनले कम हो ।
यता भारतमा स्थानीय चिनीको मूल्य बढेर दई बर्ष कै उच्च विन्दुमा पुगेको भारतीय सञ्चार माध्यमहरूले जनाएको छ । जसकारण भारतीय सरकारले चिनी मिलहरूलाई अगस्टमा २ लाख टन मात्रै बिक्री गर्न अनुमति दिएको छ । यसअघि सन् २०१६ मा भारतले विदेशमा चिनी बिक्री रोक्न निर्यातमा २० प्रतिशत कर लगाएको थियो ।
हालै भारत सरकारले प्याज निर्यातमा पनि प्रतिबन्ध लगाएको छ । यो निर्णयको विरोधमा किसानहरू आन्दोलनमा उत्रिएका छन् । यो निर्णयको कारण भारतीय बजारमा प्याजको मूल्य घटेको किसानहरूले बताएका छन् । यस्तै, यसअघि भारत सरकारले जुलाई २० मा गैर–बासमती सेतो चामल निकासीमा प्रतिबन्ध लगाएको थियो । भारतबाट आपूर्ति हुने करिब २५ प्रतिशत गैर–बासमती सेतो चामल हो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij