Logo

२०८२ भाद्र २४ गते मंगलवार

२०८२ भाद्र २४ गते मंगलवार

अस्ट्रेलियाले गर्‍यो समीक्षा अधिकारीको भिसा रद्द

अस्ट्रेलियाले गर्‍यो समीक्षा अधिकारीको भिसा रद्द


  • 4.1K
    Shares

    अस्ट्रेलियाले गर्‍यो समीक्षा अधिकारीको भिसा रद्द
    images

    काठमाडौँ । गायिका समीक्षा अधिकारीको अस्ट्रेलियाको भिसा रद्द भएको पाइएको छ ।  उनले यसअघि नै पाएको एक वर्ष अवधिको भिसा रद्द भएको हो । 

    आखिर उनको भिसा रद्द किन भयो त ? यसको  उनकी दिदी भएको बताइएको छ । फागूपूर्णिमामा अस्ट्रेलिया यात्राको क्रममा उनले आफू १८ वर्ष नपुगेकाले केयर टेकर आवश्यक पर्ने भन्दै दिदीलाई लिएर गएकी थिइन् । फर्किँदा उनले दिदीलाई उतै छोडेर आएको कारण अहिले भिसा रद्द भएको बताइन्छ ।

    उनी अहिले फेरि तीजको अवसरमा आयोजना हुन लागेको कार्यक्रमका लागि अस्ट्रेलिया जाने तयारीमा थिइन् । उनको १ वर्षको भिसा भएकाले उनले फेरि आवेदन दिनुपर्ने त थिएन । तर फेरि आफू १८ वर्ष नपुगेकोले केयर टेकरको आवश्यकता पर्ने भन्दै समीक्षाले आवेदन दिएकी थिइन् ।

    जसअनुसार  केयर टेकरको रूपमा लैजान लागेको व्यक्तिको भिसाका लागि आवेदन दिइएको थियो । पहिले लगेको केयर टेकर उतै छाडेको कारण नेपालस्थित अस्ट्रेलियन दूतावासले उनको भिसा रद्द गरिदिएको बताइएको छ । 

    समीक्षाले अब तत्काल भिजा पाउँछिन् वा पाउँदिनन् त्यो भने अहिले बाहिर आएको छैन । यस विषयमा समीक्षाले पनि मौन छिन् । 

    प्रकाशित मिति :भाद्र ७ २०८० बिहिवार - १०:४९:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij