Logo

२०८२ भाद्र २४ गते मंगलवार

२०८२ भाद्र २४ गते मंगलवार

गायिका पुजा क्षेत्रीको तिज गीत "हाई मेरी गुन्टुरी" सार्वजनिक

गायिका पुजा क्षेत्रीको तिज गीत "हाई मेरी गुन्टुरी" सार्वजनिक


  • 4.3K
    Shares

    गायिका पुजा क्षेत्रीको तिज गीत "हाई मेरी गुन्टुरी" सार्वजनिक
    images

    चर्चित गायिका पुजा क्षेत्रीले यस बर्षको तीजको कोसेली “हाई मेरी गुन्टुरी” लिएर आएकी छिन् ।

    हिन्दुहरुको महान पर्व हरितालिका तीजको अवसरमा चर्चित सर्जक तथा लोकदोहोरी गायक पशुपति शर्माको लय तथा शब्दमा पशुपति शर्मा र गायिका पुजा क्षेत्रीको आवाजमा रहेको तीज गीत “हाई मेरी गुन्टुरी” पुजा क्षेत्री युटूव च्यानलबाट भर्खरै मात्रै (भिडियो सहित) बजारमा आएको छ । 

    मौसम हिमालीको निर्देशनमा मोडल रमेश बिश्वकर्मा र लालाना चिमरियाको धमकेदार नृत्य प्रस्तुती रहेको उक्त भिडियोमा राजेश घिमिरेको छाँयाकन र नबिन घर्ति मगरको सम्पादन रहेको छ । सुर्खेतमा जन्मिएकी पुजा क्षेत्री हाल काठमाडौंमा सांगीतिक क्षेत्रमा संघर्षरत छिन् । सुन्दरी गायिकाको रुपमा परिचित क्षेत्री गायनमा मात्र होइन, मोडलिङमा पनि उत्तिकै जम्छिन । उनले २५ वटा भन्दा बढि एल्बम बजारमा आईसकेको छ भने ३० भन्दा बढि गीतहरुमा आवाज दिईसकेकी छिन् ।

    उनले राजु परियार सँग गाएको के मा चित्त दुख्यो मयालै का मिलन लामा सँग गाएको तिम्रो माया र भुरुरु पुतली उड्यो बोलको गीत पनि चर्चामा रहेको थियो । 

     

    प्रकाशित मिति :भाद्र ६ २०८० बुधवार - १४:०८:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij