Logo

२०८२ भाद्र १२ गते बिहिवार

२०८२ भाद्र १२ गते बिहिवार

सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले घट्यो, आज कतिमा हुँदैछ कारोबार ?


  • 2.2K
    Shares

    सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
    images

    काठमाडौँ । आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको मूल्यसूची तय गर्दै हिजोको तुलनामा सुनको मूल्य ८०० रुपैयाँले घटेको जानकारी दिएको हो ।

    जसअनुसार छापावाल सुनको मूल्य तोलामा १ लाख १० हजार ४०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार ८५० रुपैयाँ कायम छ । हिजो बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ११ हजार २०० रुपैयाँ कायम थियो भने तेजाबी सुनको मूल्य तोलामा १ लाख १० हजार ६५० रुपैयाँ कायम थियो ।

    यस्तै, आज चाँदीको मूल्य समेत घटेको छ । महासंघले आज तोलामा ५ रुपैयाँले घटेर चाँदीको मूल्य प्रतितोला १३ सय ७० रुपैयाँ कायम रहेको जनाएको छ । हिजो बुधबार चाँदीको मूल्य तोलामा १३ सय ७५ रुपैयाँ कायम थियो ।

    प्रकाशित मिति :श्रावण ३२ २०८० बिहिवार - ११:२३:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij