Logo

२०८२ पौष १२ गते शनिवार

२०८२ पौष १२ गते शनिवार

मौसम पूर्वानुमान

देशभर पश्चिमी वायूको प्रभाव, दिनभर तराईमा हुस्सु र कुहिरो

देशभर पश्चिमी वायूको प्रभाव, दिनभर तराईमा हुस्सु र कुहिरो


  • 862
    Shares

    देशभर पश्चिमी वायूको प्रभाव, दिनभर तराईमा हुस्सु र कुहिरो
    images

    काठमाडौं । देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । हाल तराईका केही स्थानहरूमा हुस्सु र कुहिरो लाग्नुका साथै गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    आज दिउँसो तराई भू–भागका अधिकांश स्थानहरूमा हुस्सुरकुहिरो रहनेछ ।

    कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाको अनुमान छ ।

    त्यस्तै आज राति तराई भू–भागका अधिकांश स्थानहरूमा हुस्सु रहनेछ भने गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।

    प्रकाशित मिति :पौष १२ २०८२ शनिवार - ०७:३६:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij