Logo

२०८२ माघ ८ गते बिहिवार

२०८२ माघ ८ गते बिहिवार

राजनीतिक कथाबस्तुमा आधारित चलचित्र ‘ऐंचो पैंचो’को ट्रेलर सार्वजनिक (भिडिओ)

राजनीतिक कथाबस्तुमा आधारित चलचित्र ‘ऐंचो पैंचो’को ट्रेलर सार्वजनिक (भिडिओ)


  • 3.0K
    Shares

    राजनीतिक कथाबस्तुमा आधारित चलचित्र ‘ऐंचो पैंचो’को ट्रेलर सार्वजनिक (भिडिओ)

    काठमाडौँ । आगामी भदो १४ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘ऐंचो पैंचो’को ट्रेलर सार्वजनिक गरिएको छ । सोमबार ओएसआर डिजिटल युट्युब च्यानलमार्फत फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो। सार्वजनिक ट्रेलरमा चुनावी माहोल देखाइएको छ। 

    फिल्ममा स्वस्तिमा खड्का, मुकुन भुषाल, वर्षा राउत, कोसिस क्षेत्री, सुशील सिटौला, राजाराम पौडेल, बुद्धि तामाङ, विशाल पहारी, रमेश बुढाथोकी, सरिता गिरी, रविन्द्र झालगायत कलाकारको अभिनय छ। पुरुषोत्तम प्रधानले छायांकन गरेको फिल्मलाई विपिन मल्ल र भुपेन्द्र अधिकारीले सम्पादन गरेका छन्।

    कृषाको यो डेब्यू निर्देशित फिल्म हो। उनले यसअघि 'इन्साफ, कसम हजुरको, के म तिम्रो साथी बन्न सक्छु र पलाँस' जस्ता फिल्म निर्माण गरेकी थिइन्।

     

    प्रकाशित मिति :श्रावण २९ २०८० सोमवार - १६:५६:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij