Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

ब्याडमिन्टन सङ्घका अध्यक्षमा मीनराज भट्ट

ब्याडमिन्टन सङ्घका अध्यक्षमा मीनराज भट्ट


  • 8.2K
    Shares

    ब्याडमिन्टन सङ्घका अध्यक्षमा मीनराज भट्ट

    महेन्द्रनगर । कञ्चनपुर जिल्ला ब्याडमिन्टन सङ्घको अध्यक्षमा मीनराज भट्ट निर्वाचित हुनुभएको छ । आज सङ्घको १३ औँ अधिवेशनबाट महेन्द्रनगरका भट्ट निर्वाचित हुनुभएको हो । अध्यक्ष पदका लागि भएको निर्वाचनमा प्रतिद्वन्दी रवीन्द्र केसीलाई ३४ मतले पराजित गर्दै उहाँ निर्वाचित हुनुभएको हो । कूल खसेको १२४ मतमा भट्टले ७९ र केसीले ४५ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत हरकसिंह धामीले जानकारी दिनुभयो ।

    त्यसैगरी सङ्घको उपाध्यक्षमा दिलबहादुर धामी र राजकिरण जोशी निर्विरोध निर्वाचित हुनुभएको छ भने सचिवमा राकेशबहादुर चन्द, कोषाध्यक्षमा राजेन्द्र थापा र सदस्यमा वासुदेव भट्ट, उत्तमकुमार बोहरा, लोकेन्द्र कार्की र सुरेन्द्रप्रसाद भट्ट निर्विरोध निर्वाचित हुनुभएको छ । कार्यक्रममा नेपाल ब्याडमिन्टन सङ्घका केन्द्रीय उपाध्यक्ष गोविन्द स्वारले लामो समयदेखि प्रशिक्षक बिहीन रहेको कञ्चनपुरमा स्वयम्सेवक प्रशिक्षक नियुक्त गर्न केन्द्रमा पहल भइरहेको बताउनुभयो ।

    “सुदूरपश्चिम दिपेश धामी, प्रिन्स दाहाल र आयुश नगारी जस्ता चर्चित खेलाडी जन्माउने भूमि पनि हो”, उपाध्यक्ष स्वारले भन्नुभयो,“अब स्कुलस्तरबाट ब्याडमिन्टन खेलाडी छनोट गरेर यसको विकास र विस्तारमा लाग्नुपर्छ ।”
    बस्तीबस्तीबाट क्रिकेट खेलाडी छनोट गरिँदै 

    महोत्तरी– जिल्लाका बस्तीबस्तीबाट सम्भावनायुक्त क्रिकेट खेलाडी प्रतियोगिताका लागि छनोट गरिँदै छन् । क्रिकेटका स्थापित खेलाडी स्व विशाल गुप्ता र कुन्दन सिंहको सम्झनामा जिल्ला क्रिकेट सङ्घ महोत्तरीले आयोजना गर्न  लागेको स्व विशाल गुप्ता एवं कुन्दन सिंह मेमोरियल जिल्ला अन्तरपालिकास्तरीय क्रिकेट प्रतियोगिता २०७७ का लागि अहिले बस्तीबस्तीबाट खेलाडी छनोट प्रक्रिया थालिएको हो ।

    जिल्लाका १० नगरपालिका र पाँच गाउँपालिकासहित १५ वटै स्थानीय तहको सहभागिता गराइने प्रतियोगिताबाट अन्तर जिल्ला, प्रादेशिक र राष्ट्रिय प्रतियोगिताका लागि उम्दा खेलाडी छनोट हुने जिल्ला क्रिकेट सङ्घ महोत्तरीले अपेक्षा लिएको छ । यसपाली आउने चैत २२ गतेदेखि शुरु हुने अन्तरपालिकास्तरीय यो प्रतियोगिताका लागि अहिले सबै पालिकामा खेलाडी छनोटको क्रम थालिएको सङ्घका जिल्ला अध्यक्ष रोशनकुमार सिंहले जानकारी दिनुभयो । 

    “हामीले जिल्लाका सबै पालिकाको सहभागिता गराइने अपेक्षासाथ प्रतियोगिताको तालिका बनाएका छौं” अध्यक्ष सिंहले भन्नुभयो,“यो प्रतियोगिताको माध्यमले भित्री गाउँ/नगर बस्तीमा ओझेलमा परेका खेलाडी उजागर हुनेछन् ।” सङ्घले चैत २२ देखि शुरु हुने प्रतियोगिताका लागि यही फागुन २० गतेदेखि चैत १० गतेसम्म जिल्लाका पालिकाले सहभागिताको प्रतिबद्धता जनाउँदै टिम दर्ता गर्ने तालिका छुट्याइएको सिंहले स्पष्ट पार्नुभयो । 

    सङ्घले यो प्रतियोगितामा ३२ लाख खर्च हुने जनाएको छ । “हामीले उत्कृष्ट टिम र खेलाडीका लागि पुरस्कारको व्यवस्था गरेका छौं” अध्यक्ष सिंहले भन्नुभयो । प्रतियोगितामा प्रथम हुने टिमलाई नगद रु एक लाख एक हजार र दोस्रो हुने टिमलाई ५१ हजार तथा ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिने सङ्घले जनाएको छ ।

    यसैगरी म्यान अफ द सिरिजलाई २० हजार, इमर्जिंग प्लेयरलाई १५ हजार, वेस्ट ब्याट्समान र वेस्ट बलरलाई १०/१० हजार र म्यान अफ द म्याच हुने खेलाडीलाई दुई हजार ५०० का दरले प्रत्येक खेलमा प्रदान गरिने अध्यक्ष सिंहले जानकारी दिनुभयो । 

    जिल्ला सदरमुकाम जलेश्वरस्थित जलेश्वर रङ्गशालामा आयोजन हुने यो प्रतियोगिताको पोशाक वितरण तथा ट्रफी उद्घाटन चैत १५ गते र खेल तालिका पनि सोही दिन कप्तान, टिम प्रशिक्षक, टिम व्यवस्थापक र प्राविधिक समितिको संयुक्त बैठकबाट टुङ्ग्याइने सङ्घले जनाएको छ । प्रतियोगिता ५० ओभरको प्रणालीमा हुने सङ्घले स्पष्ट पारेको छ । रासस

    प्रकाशित मिति :फाल्गुण १८ २०७७ मंगलवार - १६:४०:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij