Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

राष्ट्रिय टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास

राष्ट्रिय टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास


  • 1.8K
    Shares

    • images
    राष्ट्रिय टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास
    images

    नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन्। उनले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका हुन्।

    सन्यास घोषणका क्रममा उनले यो निर्णय अन्तिम नभएर नयाँ सुरुवात भएको पनि बताएका छन्। उनले क्रिकेटको अन्तर्राष्ट्रिय करिअरलाई पूर्णविराम लगाउन आफ्ना लागि यो उपयुक्त समय भएको बताए। सन्यास लिने क्रममा उनले आफ्नो क्रिकेट करिअर यहाँसम्म ल्याउने सबैलाई धन्यवाद पनि दिएका छन्। 

     इमर्जिङ एसिया कप खेलेर राष्ट्रिय टोली फर्किएको भोलिपल्टै मल्लले सन्यास घोषणा गरे। नेपाली टोलीले श्रीलंका भएको इमर्जिङ नेशन्स कपमा सहभागी हुँदा ज्ञानेन्द्र टोलीमा परेका थिएनन्। नेपालले खेलेका पछिल्ला खेलहरुमा पनि उनलाई प्राय: बेन्चमा राखिएको थियो। 

    इमर्जिङ एसिया कपमा उनीसहित नेपालका सिनियार खेलाडीहरुलाई विश्राम गराइएको थियो। इमर्जिङ एसिया कपपछि नेपाली टोलीले श्रीलंकामै प्रशिक्षण गरेको थियो। प्रशिक्षणमा मल्लसहितलाई पठाउने प्रयास क्यानले गरेको थियो। तर आफ्नो राहदानी बेलायत जाने भिसाका लागि पठाएकाले उनी श्रीलंका जान सकेनन्। 

    इमर्जिङ एसिया कप नखेलेका ज्ञानेन्द्रले जिम्बाबेमा भएको विश्वकप छनोटका केही खेलमा अवसर पाएका थिए। तर उनले सोचेजस्तो प्रदर्शन गर्न सकेनन्। नेपाली टोलीमा युवा खेलाडीहरुको प्रभाव बढ्दै गइरहँदा पूर्वकप्तान पारस खड्काले जस्तै मल्लले पनि सन्यास लिएका हुन्। 

    पारसले पनि २०७८ साउन १९ गते नेपाली राष्ट्रिय टोलीबाट सन्यास लिएका थिए। त्यसपछि त्यो जिम्मेवारी ज्ञानेन्द्रको काँधमा आएको थियो। 

    प्रकाशित मिति :श्रावण १९ २०८० शुक्रवार - १४:१९:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij