Logo

२०८२ भाद्र २४ गते मंगलवार

२०८२ भाद्र २४ गते मंगलवार

शंकर क्षेत्रीलाई जेरीको शुभकामना- मैले दिन नसकेको माया दिने मान्छे छिट्टै प्राप्त होस्

शंकर क्षेत्रीलाई जेरीको शुभकामना- मैले दिन नसकेको माया दिने मान्छे छिट्टै प्राप्त होस्


  • 2.6K
    Shares

    शंकर क्षेत्रीलाई जेरीको शुभकामना- मैले दिन नसकेको माया दिने मान्छे छिट्टै प्राप्त होस्
    images

    लोक दोहोरी गायिका बबिता बानियाँ ‘जेरी’ले पूर्वपति गायक शंकर क्षेत्रीलाई जन्मदिनको शुभकामना दिएकी छन्।

    तत्कालीन श्रीमान् शंकरले छोरी बोकेको र आफूसहितको तस्बिर सामाजिक सञ्जालमा सेयर गर्दै जेरीले भावुक शब्दमा पूर्वपतिलाई जन्मदिनको शुभकामना दिएकी हुन्।

    ‘मैले दिन नसकेको माया, साथ र खुसी दिने मान्छेको छिट्टै प्राप्ति होस्’, जेरीले लेखेकी छन्, ‘जन्मदिनको असीम शुभकामना छोरीको बाउ।’

    नेपाली सांगीतिक क्षेत्रमा उदाहरणीय जोडीका रूपमा परिचित उनीहरूले विवाह गरेको ३ वर्ष पनि नपुग्दै २०७९ कात्तिक २४ गते काठमाडौं जिल्ला अदालतमा गएर सम्बन्ध विच्छेद गरेका थिए। २०७६ माघ १ गते विवाह गरेका उनीहरूकी २ वर्षकी छोरी छन्।

    प्रकाशित मिति :श्रावण १९ २०८० शुक्रवार - ०५:४१:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij