Logo

२०८२ भाद्र २४ गते मंगलवार

२०८२ भाद्र २४ गते मंगलवार

लोकसेवा आयोगका पूर्वसदस्यले लोकसेवामा यसरी लेख्नु भन्दै दिए यस्ता पाँच सुझाब र टिप्स 

लोकसेवा आयोगका पूर्वसदस्यले लोकसेवामा यसरी लेख्नु भन्दै दिए यस्ता पाँच सुझाब र टिप्स 


  • 24.9K
    Shares

    लोकसेवा आयोगका पूर्वसदस्यले लोकसेवामा यसरी लेख्नु भन्दै दिए यस्ता पाँच सुझाब र टिप्स 
    images

    भीमदेव भट्ट पूर्वसदस्य, लोकसेवा आयोग

    परीक्षार्थीले लोकसेवा परीक्षामा अक्सर गर्ने गल्ती के–के हुन् ?

    लोकसेवा परीक्षामा परीक्षार्थीले सामान्यतया सबै प्रश्नको उत्तर दिएका हुँदैनन् । उत्तर दिएका प्रश्नमा समेत सन्तुलन कायम भएको हुँदैन । उनीहरूले कुनै प्रश्नको उत्तर लामो र कुनै प्रश्नको उत्तर एकदमै छोटो दिएका हुन्छन् । विषयवस्तुमा अध्ययन नै नगरी परीक्षा दिने परीक्षार्थी पनि प्रशस्तै हुन्छन् । प्रश्नको उत्तर दिँदा राम्रोसँग अध्ययन गरेर खण्ड–खण्डमा सन्तुलन मिलाएर उत्तर दिनुपर्छ । कुनैमा कम र कुनैमा धेरै नलेखी सबै प्रश्नमा सन्तुलन मिलाएर लेख्नुपर्छ ।

    कसरी उत्तर लेख्दा बढी अंक आउँछ ?

    परीक्षामा सोधिएका प्रश्नको समसामयिक सिद्धान्तका साथै व्यावहारिक कुराहरूको उदाहरण दिएर लेख्नुपर्छ । यसका लागि धेरै विषयवस्तुको ज्ञान हुनुपर्छ । विशेषगरी कुनै एउटा लेखकको मात्र नभएर तुलनात्मक रूपमा अध्ययन गर्नुपर्छ । त्यससँगै परीक्षामा लेख्दा अहिलेको विद्यमान अवस्थालाई समेट्दै लेखे जाँचकीबाट धेरै अंक प्राप्त गर्न सकिन्छ ।
     
    धेरै अंक ल्याउन अपनाउन सकिने विधि केही छन् ?

    धेरै अंक ल्याउन तयारी धेरै गर्नुपर्छ । एक्लै बसेर पढ्नुभन्दा समूहमा बसेर पढ्दा धेरै सहज हुन्छ । एक्लै बसेर एउटा मात्र किताब च्यापेर पढ्दा अरूले कसरी पढेका छन् भन्ने कुरा थाहा हुँदैन । त्यसैले समूहमा बसेर उत्तर दिने प्रयत्न ग(यो भने परीक्षामा धेरै सहज हुन्छ । 

    ह्यान्डराइटिङले अंकमा कस्तो असर पार्छ ?

    ह्यान्डराइटिङले अंकमा एकदमै असर पार्छ । चिन्न र पढ्न नसकिने अक्षरले जाँचकीलाई इरिटेसन गर्छ । जसले गर्दा जाँचकीले राम्रोसँग पढ्न सक्दैन र पढ्दैन पनि  । त्यसैले उत्तर लेख्दा अक्षर राम्रो पारेर सुरुमा डेस्टिनेसन दिँदै बुँदागत रूपमा लेख्नुपर्छ । 

    जाँचकीले परीक्षार्थीबाट कस्तो अपेक्षा गर्छन् ?

    सर्वप्रथम जाँचकीले प्रश्नको सही उत्तर छ वा छैन भनेर हेर्छ । उत्तर लेख्दा जहिले पनि खण्ड–खण्डमा मिलाएर लेख्नुपर्छ । प्रश्नले मागेको मात्र उत्तर दिनुपर्छ । उत्तर लेख्दा सुरुमै प्रश्नको खण्डबारे उल्लेख गर्दा उपयुक्त हुन्छ । जसका लागि तीन खण्डमा विभाजन गरेर पहिलोमा परिभाषा, दोस्रोमा विशेषता र तेस्रोमा समस्याहरू क्रमशः लेख्दा राम्रो हुन्छ । यसरी लेख्दा परीक्षार्थीको अंकमा समेत फरक पर्छ ।

    प्रकाशित मिति :फाल्गुण १७ २०७७ सोमवार - १६:३१:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij