Logo

२०८३ बैशाख ९ गते बुधवार

२०८३ बैशाख ९ गते बुधवार

लोक सेवा आयोगले गर्‍यो शाखा अधिकृत पदका उम्मेदवारको परीक्षा रद्द

लोक सेवा आयोगले गर्‍यो शाखा अधिकृत पदका उम्मेदवारको परीक्षा रद्द


  • 1.0K
    Shares

    लोक सेवा आयोगले गर्‍यो शाखा अधिकृत पदका उम्मेदवारको परीक्षा रद्द

    काठमाडौँ । लोक सेवा आयोगले शाखा अधिकृत वा सो सरह पदका एक उम्मेदवारको परीक्षा रद्द गरेको छ। आयोगको केन्द्रीय कार्यालयले बिहीबार सूचना जारी गर्दै शाखा अधिकृत पदका उम्मेदवार तुलसी सापकोटाको परीक्षा रद्द गरी कारबाही गरिएको जनाएको हो।

    आयोगले जारी गरेको सूचनाअनुसार विज्ञापन नम्बर १६७०१-१६७०७/२०८२-८३ (खुला तथा समावेशी) अन्तर्गत, एकीकृत तथा संयुक्त परीक्षा प्रणालीमा रा.प. तृतीय श्रेणी (अप्राविधिक) शाखा अधिकृत वा सो सरह पदका लागि मिति २०८२/१०/२४ गते सञ्चालन भएको प्रथम चरणको लिखित परीक्षामा सहभागी मास्टर आइडी १०९३७४०, रोल नम्बर ६१०७३७ की तुलसी सापकोटाले परीक्षा केन्द्रमा अनिवार्य रूपमा फिर्ता गर्नुपर्ने प्रश्न पत्र उत्तर पुस्तिकासँगै नबुझाई लगेको पाइएको आयोगले जनाएको छ।

    सो कार्य लोक सेवा आयोग ऐन, २०७९ को दफा ४१(१) बमोजिम कसुर ठहरिएकाले सोही ऐनको दफा ४१(२) अनुसार आयोगको मिति २०८२/१०/२९ को निर्णयबाट उक्त परीक्षा रद्द गरिएको सूचनामा उल्लेख छ।

    image-130.png

    images
    प्रकाशित मिति :फाल्गुण १ २०८२ शुक्रवार - १६:३२:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij