Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

अर्जेन्टिनालाई हराउँदै स्विडेन समूह विजेता

अर्जेन्टिनालाई हराउँदै स्विडेन समूह विजेता


  • 2.5K
    Shares

    • images
    अर्जेन्टिनालाई हराउँदै स्विडेन समूह विजेता
    images

    काठमाडौँ । फिफा महिला विश्वकप फुटबल २०२३ मा अर्जेन्टिनालाई हराउँदै स्विडेन समूह 'जी' को समूह विजेता बनेको छ ।

    आज (बुधवार) न्युजिल्यान्डको एफएमजी स्टेडियममा भएको खेलमा स्विडेनले अर्जेन्टिनालाई २–० गोलले हरायो । स्विडेनका लागि रिबेका ब्लुमभिस्ट र इलिन रुबेनसनले १-१ गोल गरिन् । स्विडेन ९ अङ्कसहित समूह विजेता बन्दा अर्जेन्टिना १ अङ्कसहित पुछारमा रहँदै प्रतियोगिताबाट बाहिरिएको छ ।

    जापान यसअघि नै विश्वकपको अन्तिम १६ मा पुगिसकेको छ । अब स्विडेनले क्वाटरफाइनलमा नर्वेसँग खेल्नेछ ।

    प्रकाशित मिति :श्रावण १७ २०८० बुधवार - १४:१३:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij