Logo

२०८२ माघ ११ गते आइतवार

२०८२ माघ ११ गते आइतवार

एलिना चौहानको नयाँ गीत 'सल्के साइला' सार्वजनिक (भिडिओ)

एलिना चौहानको नयाँ गीत 'सल्के साइला' सार्वजनिक (भिडिओ)


  • 3.5K
    Shares

    एलिना चौहानको नयाँ गीत 'सल्के साइला' सार्वजनिक (भिडिओ)

    काठमाडौँ । गायिका एलिना चौहानको नयाँ गीत सार्वजनिक भएको छ। आज (सोमबार) आरआर स्टुडियो युट्युब च्यानलमार्फत 'सल्के साइला' बोलको गीत सार्वजनिक गरिएको हो।

    उक्त गीतमा रामहरि खड्काको शब्द रहेको छ, भने धिर बिक्रम सिंहले संगीत भरेका छन्। गीतको भिडिओलाई सियोन श्रेष्ठले निर्देशन गरेका हुन्। निर्देशनसँगै कोरियोग्राफी उनैले गरेका हुन्। 

    म्युजिक भिडिओमा राजाराम पौडेल र अनु शाहलाई देख्न सकिन्छ। भिडिओमा उनीहरूले श्रीमान-श्रीमतीको भूमिका निवार्ह गरेका छन् भने उनीहरूको छोरा-छोरीको भूमिकामा आरोही शर्मा र गौरव शर्मा छन्।  

    चक्रबहादुर बरालले छायांकन गरेको भिडिओलाई शिलन लम्सालले सम्पादन गरेका छन्। गीतलाई लक्ष्मण गुरुङले निर्माण गरेका हुन्।

     

    प्रकाशित मिति :श्रावण १६ २०८० मंगलवार - ११:४५:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij