Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

महिला विश्वकपमा इङल्याण्डको लगातार दोस्रो जित

महिला विश्वकपमा इङल्याण्डको लगातार दोस्रो जित


  • 2.5K
    Shares

    • images
    महिला विश्वकपमा इङल्याण्डको लगातार दोस्रो जित
    images

    काठमाडौँ । जारी फिफा महिला फुटबल विश्वकप अन्तर्गत इङल्याण्डले डेनमार्कलाई पराजित गरेको छ । आज सम्पन्न  भएको खेलमा इङल्याण्डले डेनमार्कलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

    इङल्याण्डको जितमा खेलको छैटौं मिनेटमा लाउरेन जेम्सले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो। समुह डी मा रहेको इङल्याण्डको यो लगातार दोस्रो जित हो । यस अघि पहिलो खेलमा इङल्याण्डले हैटीलाई १-० गोल अन्तरले पराजित गरेको थियो ।

    यो जितपछि इङल्याण्डको समुह डी मा २ खेलमा ६ अंक भएको छ र समुहमा शिर्ष स्थानमा रहेको छ। अब समुह चरणको अन्तिम खेलमा इङल्याण्डले चीनसँग खेल्ने छ ।

    प्रकाशित मिति :श्रावण १२ २०८० शुक्रवार - १६:३४:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij