Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

फिफा वरियतामा नेपाल १७५ औंँ स्थानमा, शीर्ष स्थानमा अर्जेन्टिना

फिफा वरियतामा नेपाल १७५ औंँ स्थानमा, शीर्ष स्थानमा अर्जेन्टिना


  • 2.6K
    Shares

    • images
    फिफा वरियतामा नेपाल १७५ औंँ स्थानमा, शीर्ष स्थानमा अर्जेन्टिना
    images

    काठमाडौँ । विश्व फुटबलको सर्वोच्च निकाय इन्टरनेशनल फेडेरेसन अफ एसोसिएसन फुटबल (फिफा) ले आज सार्वजनिक गरेको नयाँ विश्व वरियतामा नेपाल पहिलेकै स्थानमा यथावत छ ।

    फिफाले सार्वजनिक गरेको नयाँ वरियताअनुसार नेपाल १७५ औंँ स्थानमा छ । नयाँ वरियताअनुसार दक्षिण एसियाली राष्ट्रमा भने नेपाल तेस्रो स्थानमा छ । नेपालभन्दा अघि रहेको भारत ९९ औंँ स्थानमा छ भने माल्दिभ्स १५५ औँ स्थानमा छ । नेपालपछि भुटान १८५ औँ, बङ्गलादेश १८९ औंँ, पाकिस्तान २०१ औंँ,  र श्रीलङ्का २०४ औँ स्थानमा छ ।

    विश्व वरियताको शीर्ष स्थानमा अर्जेन्टिना छ भने दोस्रो स्थानमा फ्रान्स छ । यसैगरी ब्राजिल तेस्रो स्थानमा रहँदा इङ्ग्ल्यान्ड चौँथो तथा बेल्जियम पाँचौं स्थानमा छन् । 

    यसैगरी क्रोसिया छैटौँ, नेदरल्याण्ड्स सातौँ, इटाली आठौँ, पोर्चुगल नवौं तथा स्पेन दशौँ स्थानमा छन ।

     

     

    प्रकाशित मिति :श्रावण ४ २०८० बिहिवार - १६:०६:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij