Logo

२०८२ भाद्र २४ गते मंगलवार

२०८२ भाद्र २४ गते मंगलवार

छक्का पन्जा ४ बन्यो सर्वाधिक कमाई गर्ने चलचित्र, अरुले कति कमाए ?

छक्का पन्जा ४ बन्यो सर्वाधिक कमाई गर्ने चलचित्र, अरुले कति कमाए ?


  • 3.0K
    Shares

    छक्का पन्जा ४ बन्यो सर्वाधिक कमाई गर्ने चलचित्र, अरुले कति कमाए ?
    images

    काठमाडौँ । गत आर्थिक वर्ष २०७९/०८० नेपाली फिल्मका लागि लाभदायक सिद्ध हुन सकेन । करिब एक दर्जन फिल्मले राम्रो व्यवसाय गर्‍यो भने धेरै फिल्मको लगानी स्वाहा भयो ।

    चलचित्र विकास बोर्डले सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/८० मा बक्स अफिस अनुसार यो वर्ष नेपाली, अङ्ग्रेजी र हिन्दी गरेर जम्मा ७८ चलचित्र प्रदर्शनमा आएका छन् । ती मध्ये नेपालमा धेरै व्यवसाय गर्ने तीन फिल्ममा नेपाली फिल्म ‘छक्का पन्जा ४’, ‘जारी’ र ‘प्रेम गीत ३’ परेको छ । 

    धेरै कमाउने दश फिल्म

    चलचित्र विकास बोर्डले आर्थिक वर्ष २०७९/०८० मा नेपालमा प्रदर्शनमा आएका हिन्दी, अङ्ग्रेजी र नेपाली गरेर सार्वजनिक गरेका ७८ फिल्मको सूचीमा यो वर्ष धेरै कमाउने दश फिल्ममा सबै नेपाली फिल्म परेको छ । सार्वजनिक गरिएको सूची अनुसार यो वर्ष धेरै कमाउने फिल्ममा ‘छक्का पन्जा ४’ एक नम्बरमा परेको छ । फिल्मले १७ करोड ५२ लाख बढी व्यवसाय गरेको छ ।

    दोस्रो सूचीमा ‘जारी’ आएको जारीले १७ करोड १७ लाख बढी कलेक्सन गरेको छ । यो सूचीको तेस्रो नम्बरमा प्रेम गीत ३ आएको छ । फिल्मले ७ करोड ७० लाख बढी कलेक्सन गरेको छ । 

    त्यस्तै, महापुरुष ७ करोड ३८ लाख र दुई नम्बरी ३ करोड ८४ लाख आम्दानी गर्दै चौथो र ५ औँ स्थानमा परेको छ ।  त्यस्तै फिल्म फूलबारीले ३ करोड ५३ लाख,  झिँगेदाउले ३ करोड ४१ लाख,  के घर के डेराले २ करोड ६५ लाख, प्रेम गीत ३ हिन्दीले २ करोड २७ लाख र प्रकाशले १ करोड ७५ लाख कमाएको छ । 

    1.webp

    2.webp

    प्रकाशित मिति :श्रावण ४ २०८० बिहिवार - १५:३१:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij