Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

यूएईविरुद्ध नेपाल ३ विकेटले विजयी

यूएईविरुद्ध नेपाल ३ विकेटले विजयी


  • 2.4K
    Shares

    • images
    यूएईविरुद्ध नेपाल ३ विकेटले विजयी
    images

    काठमाडौं । एसिसी इमर्जिङ टिम्स एसिया कपमा बुधबार भइरहेको खेलमा नेपालले युएई ‘ए’ लाई ३ विकेटले जितेको छ।

    नेपाललाई जिताउन कुशल भुर्तेलले शानदार प्रदर्शन गरे । उनले बलिङमा ६ विकेट लिए भने आक्रामक ब्याटिङ गर्दै ७१ रन बनाए ।

    श्रीलंकामा जारी खेलमा नेपालले ओभरमा ६ विकेट गुमाएर १५८ रनको सामान्य लक्ष्य पुरा गरेको हो । नेपालका लागि कुशल भुर्तेलले सवार्धिक ७१ रनको योगदान दिए । त्यस्तै देव खनाल र सन्दीप जोराले समान २४-२४ रन बनाए । यस्तै गुल्शन झाले ११ रन बनाए ।

    नेपालको लागि लागि रोहित पौडेलले ९ रन रन बनाए । त्यस्तै पवन सरार्फले नकआउट शून्य रनमा आउट भए । कुशल मल्लले अभिजित २ रन बनाए । त्यस्तै प्रतिश जिसिले ८ रन बनाए ।

    ओपनर अर्जुन साउद शून्य रनमा आउट भए । यस्तै बलिङतर्फ युएईका मोहमद फराजुद्धिनले २७ रनलिएर ५ विकेट लिए । मोहम्मद जगदुलाले ४९ लिएर २ विकेट लिए ।

    नेपालको बलिङतर्फ पार्ट टाइम बलर कुशलले अविश्वसनीय बलिङ गर्दै १० ओभरमा ४० रन खर्चेर ६ विकेट लिएका छन् ।स्पिनर मौसन ढकालले ९ ओभर बलिङ गर्दा ४४ रनको खर्चमा २ विकेट लिए । कुशल मल्ल र पवन सरार्फले एकएक विकेट लिए ।

    प्रकाशित मिति :श्रावण ३ २०८० बुधवार - १५:१५:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij