Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

कुशल भुर्तेलको ‘सरप्राइज’ बलिङ : एक्लैले लिए यूएईका ६ विकेट

कुशल भुर्तेलको ‘सरप्राइज’ बलिङ : एक्लैले लिए यूएईका ६ विकेट


  • 2.4K
    Shares

    • images
    कुशल भुर्तेलको ‘सरप्राइज’ बलिङ : एक्लैले लिए यूएईका ६ विकेट
    images

    काठमाडौं । एसीसी इमर्जिङ नेसन्स कप अन्तरगत यूएई ए विरुद्धको खेलमा नेपालका पार्ट टाइम बलर कुशल भुर्तेलले एक्लै ६ विकेट लिएका छन् । उनको धारिलो बलिङमा यूएईको ब्याटिङ धराशायी बनेको छ ।

    यूएई विरुद्ध स्पिनरहरु प्रभावी देखिएपछि पौडेलले भुर्तेललाई २२ औँ ओभरमा बलिङमा उतारेका थिए । पहिलो ओभरमा उनले एक छक्का दिए । दोस्रो ओभरको अन्तिम बलमा विकेट प्राप्त गरे । १८ रन बनाएर खेलिरहेका इथान डिसुजालाई उनले एलबीडब्लु धरापमा पारेका थिए ।

    त्यसपछिका तीन ओभरमा उनले लगातार विकेट लिन सफल भए । पाँचौं विकेटका रूपमा उनले यसवन्त भाल्थापालाई विकेट किपर अर्जुन साउदको हातबाट क्याच आउट गराए ।

    उनी यतिमा रोकिएनन् । व्यक्तिगत आठौँ ओभरमा कुशलले आफ्नो खातामा अर्को विकेट थपे । युएईका मोहम्मद फराहजुद्दिनलाई सन्दीप जोराको हातबाट क्याचआउट गराएका छन् ।

    पार्टटाइम बलर भुर्तेलको प्रदर्शन नेपालका लागि ‘सरप्राइज’ हो । नेपालका नियमित ओपनरका रूपमा रहेका उनलाई यदाकदा मात्रै बलिङमा उतार्ने गरेका थिए कप्तानले । तर, उनले आज सबैलाई चकित पार्दै उत्कृष्ट बलिङ गरेका छन् ।

    कुशलको स्पिनले यूएईको ब्याटिङ धराशायी बनेको छ । यो समाचार बनाउँदासम्म यूएई ३७ ओभरमा ८ विकेट गुमाएर १३९ रनको स्थितिमा छ ।

    प्रकाशित मिति :श्रावण ३ २०८० बुधवार - १२:१७:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij