Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

नेपाल पाकिस्तान ‘ए’ सँग ४ विकेटले पराजित

नेपाल पाकिस्तान ‘ए’ सँग ४ विकेटले पराजित


  • 1.9K
    Shares

    • images
    नेपाल पाकिस्तान ‘ए’ सँग ४ विकेटले पराजित
    images

    काठमाडौं । एसीसी इमर्जिङ टिम्स एसिया कपअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले शुक्रबार पाकिस्तान ‘ए’सँग ४ विकेटले पराजित भएको छ । नेपालले दिएको १८० रनको लक्ष्य पाकिस्तान ‘ए’ले ३२.५ ओभरमा ६ विकेट गुमाएर पुरा गर्‍यो ।

    नेपालका ललितनारायण राजवंशीले ३, पवन सर्राफले २ र कुशल मल्लले एक विकेट हात पारे । त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले ३७ ओभरमा सबै विकेट गुमाएर १७९ रन जोडेको थियो ।

    नेपालका लागि सोमपाल कामीले सर्वाधिक ७५ रन बनाए । प्रतिश जिसीले पनि २६ रन जोडे । यी दुईले नवौं विकेटका लागि ५८ रनको साझेदारी गरेका थिए । १० औं विकेटका लागि पनि सोमपालले ललितनारायण राजवंशीसँग ४९ रनको साझेदारी गरेका थिए । त्यसअघि नेपालले ३९ रनमै ६ विकेट गुमाएको थियो ।

    नेपालका कुशल भुर्तेलले १, मोहम्मद आसिफ शेखले १२, अर्जुन साउदले १७, रोहित पौडेलले ७ र पवन सर्राफले १ रन जोडे । कुशल मल्लले १७ र गुल्सन झाले १३ रन बनाए । भीम सार्कीले खाता खोल्न सकेनन् । कुशल मल्ल र गुल्सन झाबीच सातौं विकेटका लागि २८ रनको साझेदारी भएको थियो । नेपालले समूहको दोस्रो खेलमा सोमबार भारत एसँग प्रतिस्पर्धा गर्नेछ ।

     

    प्रकाशित मिति :आषाढ २९ २०८० शुक्रवार - १५:१०:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij