२०८२ भाद्र ९ गते सोमवार
काठमाडौँ । एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगिताको आफ्नो पहिलो खेलमा आज नेपालले पाकिस्तानको दोस्रो विकेट लिएको छ । दोस्रो विकेट पनि नेपाली बलर पवन सर्राफले नै लिएका हुन् ।
उनले पाकिस्तानका ओपनर ब्याट्सम्यान सइम अयुबलाई २४ रनको ब्यक्तिगत स्कोरमा परिवर्तित खेलाडी सन्दीप जोराद्वारा क्याच गराएका हुन् ।
नेपालले दिएको एक सय ८० रनको लक्ष्य पछ्याएको पाकिस्तानले ९।२ ओभरमा दुई विकेट गुमाएर ५० रन बनाएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij